Bisal Chautari Logo

सुसनले ल्याए सुसन

- ३० पुष २०७०, मंगलवार १८:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
कठमाडौं, ३० पुस ।
पहिले–पहिलो गीत सुनिन्थ्यो तर अहिले हेर्ने गरिन्छ । त्यसैले गायक/गायिकाले गीत गाएपछि म्युजिक भिडियो निर्माण गर्नु अपरिहार्य भइसकेको छ । एल्बमको प्रमोसनकै लागि भए पनि म्युजिक भिडियो निर्माण गर्नु कलाकारको बाध्यता भएको छ । तर, गायक सुसन साम्सोहाङले भने एउटा होइन, पुरै एल्बमकै गीतको भिडियो निर्माण गरेका छन् । हालै मात्र ‘सुसन’ नामक डिभिडी श्रोतामाझ ल्याएका सुसनले भने, ‘जमानाअनुसार सबै गीतको म्यसजिक भिडियो निर्माण गरेको हुा । गीत अहिले सुनिादैन, हेरिन्छ, त्यसैले म्युजिक भिडियोमा जोड दिएको हा ।’
सुसनको ‘सुसन’ डिभिडी एल्बममा ‘भोली के होला, न्याउली किन, जहाज सरर र तिमी कहा बोलका चारवटा गीतका म्युजिक भिडियो संग्रहित छन् । सबै गीत छुट्टाछुट्टै शैलीका छन् । ‘कोली के होला’ बोलको गीत पप आधुनिक शैलीको छ भने ‘न्याउली किन’ लोक आधुनिक फ्लेभरमा छ । त्यस्तै, ‘जहाज सरर’ लाई गायक सुसनले दोहोरी भाकामा गाएका छन् । संग्रहको अन्तिम गीत अर्थात ‘तिमी कहाा’ चाहिा उनले गजलशैलीमा ढालेका छन् । संग्रहका चार गीत चारै शैली किन नि ? सुसन भन्छन्, ‘सबै किसिमका श्रोता/ तथा दर्शकलाई समेट्न यस्तो शैली अपनाएको हुा ।’
पूर्वीपहाडी जिल्ला ताप्लेजुङमा जन्मेहुर्केका सुसनले धरानको सुनसरीबाट सांगीतकि करिअर प्रारम्भ गरेका हुन् । धरानमै उनले पहिलोपटक ०५६ मा ‘हाासी खेली’ बोलको लोक गीत रेकर्ड गराएका थिए । तर अब उनी राजधानीमै बसेर सांगीतिक करिअरलाई अगाडि बढाउने भएका छन् । ‘संगीत मेरो रुचि हो’ उनले भने, ‘छाड्न चाहेर पनि छाड्न सक्दिना ।’ सगैका साथीभाई मुग्लानतिर भासिए पनि आफू संगीतमै रमाउन चाहेको सुसनले बताए । उनी ‘सुसन’ एल्बमबाट आशावादी पनि छन् । ‘यसै एल्बमले चिनिन सक्छु भन्ने अपेक्षा गरेको छु’ उनले भने, ‘रेस्पोन्स पनि राम्रो आइरहेको छ ।’

प्रतिक्रिया