Bisal Chautari Logo

मोडलिङमा जम्दै तपेन्द्र

- ३० पुष २०७०, मंगलवार १८:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, ३० पुस ।
पछिल्लो समय मेड्लिङमा युवा जमातको भिड बेमौसमी च्याउ झै फस्टाइरहेको छ । यसरी मोडलिङमा आकर्षीत हुनेहरु कोही रहरले त केही गर्ने उद्देश्यले आएका छन् ।
त्यस्तै यसक्षेत्रमा केही गर्ने उद्देश्य बोकेर आएका मध्य एक हुन् सुदूर पश्चिम आछामका युवा तपेन्द्र भण्डारी । भण्डरी यति बेला म्युजिक भिडीयो अभिनयमा डटेरै लागी परेका छन् । त्यसैले पनि होला अचेल मिडीयामा बज्जने म्यूजिक भिडियोहरुमा उनि बाक्लै देखिन्छन् ।
उनको अभिनय रहेको अञ्जु पन्तको स्वर, महेश खड्काको संगित रहेको हे निष्ठुरी कता गयौ मलाई छोडी गीत माथी बनेको भिडीयो अहिले चर्चामा छ । भिडियोलाई धिरज खत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई धेरै मन पाराएको भण्डारी बताउछन् । यसै क्षेत्रमा केही गरौ भनेर लागि परेकाले पनि आफ्नो तन मन लगाएर अभिनयमै सर्मपित गर्ने सोचा छ ।

प्रतिक्रिया