Bisal Chautari Logo

‘जुनतारा’ अब बजारमा

- ५ आश्विन २०७१, आईतवार २१:२१ मा प्रकाशित


juntara collection music albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०६ सोतवार । जुनतारा सास्कृतिक सेवा समाजले केही समय अगाडी हास्य कलाकार गणेश इशाराको एकल साझ भब्य रुपमा सम्पन्न गरेको छ । सोही एकल साझ कार्यक्रममा ‘जुनतारा’ नामक कलेन्सन एल्बम बजारमा ल्याएका छन् । juntara collection music albam
आठ गीत समावेश एल्बममा ‘मुटुमा बस्ने, दशै तिहार, माया गछौ, यसरी नै, जाउ टढा–टाढा, रुदैछौ की, कान्छि मुसुक्कै र मेरो जिन्दगिमा’ बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा पार्वती राई, सुसान साम्सोहाङ लिम्बु, दिपा लामा, अशोकप्यासी राई, ममता राई, स्यामसोहाङ, प्रियजन राई, मेनुका राईको स्वर रहेको छ भने पेशल राई, सुसन, आस कुमार राई, अशोक, ध्रुव सत्य, प्रियजन र मिङसोहाङ राईको शब्द रहेको छ । त्यस्तै एल्बममा विनोद खम्बु, ओम प्रकाश राई, आसकुमार, अशोक, स्यामसोहाङ र मिङसोहाङ को संगीत रहेको छ । एल्बमका गीतहरु सबै एक्सन स्टुडियोमा गरिएको आयोजक जुनतारा सास्कृतिक सेवा समाजका अध्यक्ष गणेश इशाराले बताए ।

प्रतिक्रिया