Bisal Chautari Logo

शोभितले हिन्दी चलचित्र निर्देशन गर्दै

- १ माघ २०७०, बुधबार १४:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १ माघ ।
निर्देशक शोभित बस्नेतले हिन्दी सिनेमा निर्देशन भएका छन् । काठमाण्डौको एभ्रेष्ट होटलमा पत्रकार सम्मेलन गरि सो कुराको बारेमा बुधवार जानकारी दिएका थिए । निर्देशक बस्नेतले निर्देशन गर्न लागेको हिन्दी चलचित्रको नाम भने ‘मे ओ नही’ राखिएको छ ।

निर्देशक बस्नेतले निर्देशन गर्ने चलचित्रमा नेपालका ३ र साउथ इन्डियाका ३ हिरोइनले यो चलचित्रमा काम गर्ने भएका छन् । चलचित्रका अभिनेता पनि साउथका नै हुने बताइएको छ । तर चलचित्रका अभिनेता अभिनेत्रीको नाम भने खुलाइएको छैन । लुबेना इन्फो मिडिया प्रालीले निर्माण गर्न लागेको चलचित्रको बजेट १० करोड हुने कुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । काठमाण्डौ, देहरादुन, मरिसस, दुबई र लण्डनमा चलचित्रको छायांकन हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । करिब ३ महिनामा चलचित्रको छायांकन सकिने निर्देशक बस्नेतले बताएका छन् । चलचित्रमा दिनेश दर्शनधारी र विजय सत्यालको सह लगानी रहनेछ । चलचित्रको छायांकन जनवरीको अन्तिमबाट सुरु हुने बताइएको छ ।
लुबेना इन्फो मिडियाले नेपालकै निर्देशक लिएर साउथ चलचित्रको रिमेक बनाउने तयारी गरेको थियो । जसका लागि गुगलमा नेपाली निर्देशकहरुको बारेमा खोज्दा शोभित सबैभन्दा बढि चचिर्त रहेको पाएपछि उनलाई लिइएको पत्रकार सम्मेनलमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया