Malvika Subba How Funny’ movie starring Dayahang Rai, Priyanka Karki, Keki , Anoop with Nisha Adhikari
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०५ आइतवार । पूर्व ‘मिस नेपाल’ माल्भिका सुब्बाले नया चलचित्र ‘हाउ फन्नी’को निर्माण घोषणा गरेकी छिन् । आज र्याडिसन होटलमा भएको एक औपचारीक कार्यक्रम मार्फत चलचित्र ‘हाउ फन्नी’ निर्माणको घोषणा गरेकी हुन् ।
कार्यक्रमको सुरुवातीदेखी नै फरक किसिमबाट घोषणा गरिएको चलचित्र ‘हाउ फन्नी’लाई निलु डोल्मा शेर्पाले निर्देशन गर्दैछिन् । टिनी बट बिग पिक्चर्स प्रालीको ब्यानरमा बन्न लागेको चलचित्र ‘हाउ फन्नी’मा अभिनेता दयाहाङ राई, अनुपविक्रम शाही, अभिनेत्रीहरु निशा अधिकारी, प्रियंका कर्की, केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् ।
चलचित्रको औपचारीक घोषणा कार्यक्रममा बोल्दै माल्भिका सुब्बाले बताए अनुसार चलचित्रको सुरुवात कुनै धनाढ्य व्यापारीकी एक मात्र छोरी हराए संगै । उपलब्ध सबै खाले श्रोत, साधन र शक्तिको भरपुर उपयोगिता पश्चात पनि हराएकी केटीको कुनै अत्तोपत्तो नलागेपछी, अब एउटै विकल्प बाकी रहन्छ, परम्परागत सुत्रहरुलाई भुलेर केही फरक बाटो अपनाउने । प्रवेश हुन्छ, अरु भन्दा भिन्नै सोच भएका दुई युवतीहरुको, रमीता (प्रियंका कार्की) र पुश्पा (केकी अधिकारी, जो बिल्कुलै नया अवतारमा देखिदैछन्, जासुसको रुपमा’, निर्माता माल्भिका सुब्बाले बताइन् ।
त्यस्तै कार्यक्रममै बोल्दै अहिलेका ब्यास्त अभिनेता दयाहाङ राईले चलचित्र राम्रो बन्नेमा विस्वास ब्याक्त गरे । त्यस्तै अभिनेत्रीद्धय केकी र प्रियंकाले चलचित्र ‘हाउ फन्नी’ मा आफुहरु भिन्न किसिमले प्रस्तुत हुन लागेकोमा खुसी व्यक्त गरे । उता निर्देशक शेर्पाले कुनै निश्चित धार भन्दा पनि हरेक वर्ग र समूहका दर्शकलाई लक्षित गरी सिनेमाको निर्माण हुन लागेकाले चलचित्र मसालेदार बन्नेमा विस्वास ब्याक्त गरिन् ।
चलचित्र ‘हाउ फन्नी’मा कथा तथा परिकल्पना निलु डोमा शेर्पा, लेखनमा शान बस्न्यात, निर्मातामा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा रहेका छन् । त्यस्तै सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत रहने यस चलचित्रमा मिस टुरिज्म क्वीन इन्टरनेशनलमा मिस पर्सानालिटीको उपाधी विजेता तथा गायिका समृद्धी राईको गीत सिनेमामा राखिने भएको छ । चलचित्रलाई हरी हुमागाइले खिच्ने भएका छन्, भने चलचित्रलाई दर्शना आर्टसले वितरण गर्ने भएको छ । प्रेस रिलिज अनुसार चलचित्रको छायांकन मंसिर ३ गते देखि रहेको छ भने पोष्ट प्रोडक्सन मिती पुष १७ गते देखि रहेको छ । चलचित्रको सम्भावित प्रर्दशन मिती चैत्र २०७१ रहेको छ ।
[gss ids=”5583,5589,5588,5596,5595,5594,5593,5597,5592,5591,5590,5587,5586,5585,5584″]
प्रतिक्रिया