Bisal Chautari Logo

नेपाली संगीतका चेला स्पेनमा चर्चा कमाउदै

- २ माघ २०७०, बिहीबार १५:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २ माघ ।
पछिल्लो समयमा नेपाली गीत, संगितको बजार विश्वमै लोकप्रिय हुदै गएको छ । केहि समय अगाडी एआर रेहेमानको संगीतमा नेपालकी गायिका आनि छोइङ डोल्माले गाएकी थिइन् । यस्तै क्रममा नेपाली गित र संगितकै अध्ययन लिएका संगितकार,गीतकार तथा गायक संगम पन्थ अहिले नेपालमा मात्रै व्यास्त छैनन्, उनि स्पेनीस भाषाको गीत, संगितमापनि उत्तिकै व्यास्त रहेका छन् ।
वि.सं.२०६५ सालमा डोरेमी संगीत पाठशालामा औपचारिक रुपमा गायन कक्षा लिएको र त्यहीबाट बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यको संगीत र गीतकार दुर्गालाल श्रेष्ठको शब्दमा पहिलो गीत ‘माया भन्ने’ नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका पन्थले स्पेनिस भाषामा पनि धेरै काम गरेका छन् ।स्पेनीस भाषामा राम्रो दख्खल रहेकाले इन्टरनेटका माध्यमबाट सो भाषाका गितहरु सृजना गरेका छन् । अहिले सम्म आफ्नै शब्द,सङ्गीत, स्वर तथा सङ्गीत संयोजनमा रेकर्ड गरिएका उनका केही स्पेनीस गितहरु क्रमश : एरेस तु, मेखिकानोस, या नो एस्तास, आब्लेमोस सोब्रे एल मुन्दो, ला भिदा एस फ्राखिल, दियोस मियो, मुन्दो एन पास, पुएर्तोरिको, प्रिन्सी र नो पुएदो मिरारते लगायतका गीतहरुलाई रहेका छन् । उनका गितहरु डोमिनीकन रिपब्लिकमा रहेको म्युजिक रेडियोले वि.सं २०६८ मा जिवनी कार्यक्रमपनि प्रस्तुत गरेको थियो । सो रेडियोको अन्र्तवार्ताकै कारणले आर्जेन्टिनाको नेश्नल रेडियो र भेनेजुएलाको एल पोर्ताल देल आमोर रेडियोमा ‘आर्तिस्ता देल दियाँ आर्टिस्ट अफ दि डे’ को रुपमा गायक,संगितकार पन्थको फिचर गरिएको थियो । भविष्यमा नेपाली र स्पेनिस लगाएत विभिन्न भाषामा संगीत रचना गरीर नेपाली कलाकारलाई अवसर प्रदान गरी नेपाली आवाजलाई विश्व भर पुर्‍याउने लक्ष्य रहेको पन्थले बताए । पन्थले हाल सम्म सय भन्दा बढी गीतहरु आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गराइसकेका छन् ।
पन्थले अविनाश विक्रम शाहको निर्देशनमा तयार भएको चलचित्र चलचित्र ‘म खुसी छु’मा संगीत दिएर चर्चा कमाएपछि विभिन्न विश्वव्यापी चलचित्र महोत्सव तिर उनका संगीतहरु पुग्न सफल भयो । उनी द्धारा संगीतवद्ध चलचित्रहरु विश्वव्यापि महोत्सवमा जान सफल चलचित्र ‘बासुल्ली भेनिस फिल्म फेस्टिभल लगायत फिल्म फेष्टिभवमा समावेश भईसकेको छ । वि.सं.२०६९मा मण्डला थिएटरको पहिलो प्रस्तुति नाटक ‘सुनकेसरी’को संगीत गरी पहिलो मञ्चन गर्न बंगलादेशको राजधानी ढाकामा गएको थियो । यस्तै गितकार जानकी पन्थको शब्दका गीतहरु ‘मिठो बोल्यौ’ र रक्तदान’को संगीत गरीसकेका छन्, भने आफ्नै शब्द र संगीतमा स्पेनीस गित सहितको पहिलो नेपाली एल्बम ‘संगम’ बजारमा ल्याएका छन् ।

प्रतिक्रिया