Bisal Chautari Logo

स्वरुपराज र उत्तमको ‘मनमोहिनी’ विमोचित || ७ औ एल्बमसम्म सत्यराजसंग संयुक्त (फोटो फिचर)

- ४ आश्विन २०७१, शनिबार १३:३४ मा प्रकाशित


Swaroop Raj Acharya and Uttam Bhaukajee Albam manamohini
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०४ शनिवार । नेपाली साङगीतिक क्षेत्रमा १५ वर्षदेखी निरन्तर रुपमा सकृय रहदै आएका चर्चित गायक स्वरुपराज आचार्यले आठौ एल्बमको रुपमा ‘मनमोहिनी’ विमोचित गराएका छन् । सातौ एल्बमसम्म दाई सत्यराज आचार्यसंगको संयुक्त सहकार्यमा एल्बम ल्याएका स्वरुपले आठौ एल्बममा भने गीतकार उत्तम भौकाजीसंग ल्याएका छन् । एल्बमको आज शनिवार अनामनगर स्थित मण्डला थियटरमा मनमोहिनीको रेकडिष्र्ट एवं ध्वनि सम्पादक मित्र लामा, कभर डिजाइनर अनिल स्थापित र एरेन्जर गोपाल रसाइलीले संयुक्त रुपमा विमोचन गरेका थिए । Swaroop Raj Acharya and Uttam Bhaukajee Albam manamohini (1)
Swaroop Raj Acharya and Uttam Bhaukajee Albam manamohini (5)कार्यक्रममा गीतकार उत्तम भौकाजी, गायक सत्य र स्वरुपबीचको पुरानो सम्बन्धदेखि हालसम्मका फुटेजहरुलाई भिडियोमार्फत् देखाइएको थियो । त्यस्तै दुई वटा म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो । गायक स्वरुपराजले गीतकार भौकाजीका साथमा दुईवटा गीत गाएर सुनाएका थिए । मनमोहिनीलाई विन्दवासिनी म्यूजिकले बजारमा ल्याएको छ ।
एल्बम विमोचन समारोहमा नेपालका चर्चित गायक, संगीतकार तथा रचनाकारहरुको उपस्थिती रहेको थियो । एल्बम विमोचन समारोहमा वरिष्ठ गीतकार दिनेश अधिकारी, वरिष्ठ संगीतकारद्धय शक्ति बल्लव र राजु सिंह, चर्चित गायक राजेश पायल राई, बाबु बोगटी, संगीतकार महेश खड्का, अभिनेता गजित विष्ट लगायत उपस्थित रहेका थिए । कार्यक्रमको सञ्चालन भने चर्चित कार्यक्रम सञ्चालक नरेश भट्टराईले गरेका थिए ।
६ गीत समावेश एल्बममा ‘मनमोहिनी, ढुकढुकी, आज मनमा, देखें तिमीलाई, हर बिहान र भन तिम्रो मनमा’ बोलको गीतहरु समावेश गरिएको छ । गायक स्वरुपराज आचार्य र उनका दाजु सत्यराज आचार्यले संयुक्त रुपमा ल्याएका एलबमहरु क्रमश: ‘लाहुरे दाई (२०५५), मुटु जलिरहेछ (२०५९), स्वर(२०६१), म्युजिक(२०६४), हस्ताक्षर(२०६७), पुस्ता (२०६९) र पहिलो भेट (२०७०)’मा ल्याएका थिए । एल्बम विमोचन समारोहमा अतिथीहरुले एल्बम ल्याएको बधाइ दिएका थिए । गीतकार भौकाजीको यस भन्दा अगाडी ३ एल्बम विमोचन भइसकेका छन् ।

[gss ids=”5558,5557,5564,5559,5560,5561,5562,5567,5566,5565,5563″]

प्रतिक्रिया