Bisal Chautari Logo

रणवीरको रोमान्स प्रियंका भन्दा दीपिकासंग रियल

- २ माघ २०७०, बिहीबार १६:३५ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा एक हैन, दुई–दुई जना अभिनेताको साथ रोमान्स गर्नको लागी तयार छिन् । अभिनेत्री प्रियंकाको पछिल्लो चलचित्रमा दुई अभिनेताका साथमा रोमान्स गरेकी छिन् । अभिनेत्री प्रियंकाले चलचित्र ‘गुन्डे’मा अभिनेता रणवीर सिंह र अर्जुन कपुरसंग रोमान्स गरेकी छिन् ।
अभिनेत्री प्रियंकाले एक अन्र्तवार्तामा भनेकि थिईन्, कि उनि जो सुकै संग पनि रोमान्स गर्न सक्छिन् । किन भने यो उनको काम हो । यस्तै क्रममा चलचित्र ‘गुन्डे’को दोस्रो गित ‘जिया मेरा जिया’ नामक बोलको गीत रिलिज भएको छ । यस गितमा अभिनेत्री प्रियंका र अभिनेता रणवीर सिंह एक रमणिय स्थानमा रोमान्स गरिरहेको देखिएका छन् । अभिनेत्री प्रियंका यस गितमा धेरै आर्कषकपनि देखिएकि छिन् । चलचित्रको एक रोमान्टिक गितमा अभिनेता रणवीर पुन: एक चोटि दाह्रिमै प्रस्तुत भएका छन् । गितमा ठुला–ठुला पहाडहरुका बिच यि दुई एकसाथ रोमान्स गरेका छन् ।
अभिनेता रणवीर सिंङ चाहि गितमा अलि खुल्न नसकेको देखिन्छ । जति अभिनेत्री दीपिका पादुकोणसंग रोमान्स रियल लाग्छ । यशराज ब्यानरको चलचित्र ‘गुन्डे’लाई अलि अब्बासले निर्देशन गरेका हुन् । चलचित्रमा ७०–८० को दशकको चलचित्रको झलक देखिने भएको छ । यो चलचित्र एक एक्सन चलचित्र हो, अनि यो चलचित्र १४ फेब्रुअरीमा रिलिज हुने भएको छ ।

प्रतिक्रिया