Bisal Chautari Logo

सुरु भयो एकादेशमा, कलाकारहरुको बाक्लो भिड (फोटो फिचर सहित)

- ४ आश्विन २०७१, शनिबार ०६:२१ मा प्रकाशित


EKADESHMA 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०४ शनिवार । विगत केही वर्षदेखी नेपालमापनि लोकप्रिय बन्दै गइरहेको फिल्म महोत्सव पछिल्लो समयमा धेरै हुने गरेको छ । यस्तै क्रममा केही वर्षदेखी सकृय रहेको एकादेशमा फिल्म महोत्सव हिजो शुक्रवा सुरु भएको छ । विश्वका २७ मुलुकका ७० छोटा फिल्महरुको प्रतिस्पर्धा रहेको एकादेशमा फिल्म महोत्सव शुक्रबारदेखि सुरु भएको हो । कमलपोखरीस्थित कुमारी हलमा तीन दिनसम्म चल्ने उक्त महोत्सवको उद्घाटन सत्रमा निरञ्जनराज भेटवालको ‘काफल पाक्यो’ देखाइयो । EKADESHMA 2014
शनिबार बिहान ११ बजेदेखि पब्लिक शो हुने महोत्सवमा हिजै शुक्रबार अन्य दुई फिल्म भारतको ‘तमास’ र जर्मनीको ‘र्‍याप्ड’ पनि स्क्रिनङ गरिएको थियो । फूलको माला र सुनको माला खण्डमा सञ्चालन हुने महोत्सवमा फिल्म स्क्रिनिङ सगै सम्वन्धित फिल्मका बारेका अन्तरक्रियासमेत चलाइने आयोजकले बताएको छ । महोत्सवमा नेपालका १७ फिल्मले प्रतिस्पर्धा गरिरहेका छन् भने अमेरिका, ताईवान, स्पेन, दक्षिणा कोरिया, फिलिपिन्स, कम्बोडिया, नेदरल्यान्ड, म्यान्मार, मेक्सिको, लेबनान, कोसोभो, इटाली, इरान, भारत, जर्मनी, फ्रान्स, डेनमार्क, साइप्रस, क्युबा, चीन, चिली, बेल्जियम, अजरबैजान, अस्टेरलिया, अर्जेन्टिना र अफगानिस्तानका ५२ फिल्महरु रहेका छन् । जसमा १७ फिल्मले वल्र्ड प्रिमियरका लागि एकादेशमा महोत्सवलाई रोजेका छन् ।
अज शनिबार कुमारीका दुई हलमा ३६ छोटा फिल्महरु देखाइनेछन् भने मध्याह्न तीन बजेदेखि एक घन्टा प्यानल डिस्कसन पनि चल्नेछ । अन्डर ग्राउन्ड टकिजको आयोजनामा दुई वर्षदेखि निरन्तरता पाइरहेको एकादेशमा महोत्सवको यो तेस्रो संस्करण हो ।

[gss ids=”5535,5545,5540,5539,5543,5544,5542,5541,5538,5537,5536,5534,5533,5531″]

प्रतिक्रिया