Bisal Chautari Logo

विन्दवासिनीले ३१ विधामा मनोनितलाई प्रमाणपत्र बाट्यो, १६ जना पत्रकार सम्मानित

- ३ आश्विन २०७१, शुक्रबार ०४:३८ मा प्रकाशित


Bindabasini Music Award 2071
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०३ शुक्रवार । नेपाली साङगितिक क्षेत्रमा केही वर्षदेखी सकृय रहेको विन्दावासिनी म्युजिक अवार्ड २०७१को नोमिनेशनमा पर्ने कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । केही दिन अगाडी काठमाडौ, कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा भब्य कार्यक्रमको आयोजना गरी नोमिनेशन वितरणका साथै सम्मान गरिएको थियो ।Bindabasini Music Award 2071-1
सम्मान गर्ने क्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई भजन शिरोमणी भक्तराज आचार्यको नामको सम्मान प्रद्धान गरिएको छ । विन्दवासिनी सांगीतिक साझको अवसर पारेर विन्दवासिनी म्यूजिकले वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई विन्दवासिनी संगीतकर्मी सम्मान प्रदान गरेको हो । भजनशिरोमणी भक्तराज आचार्यको हातबाट प्रदान गरिएको उक्त सम्मानमा ५१ हजार १ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो । यस सम्मानको प्रायोजन भने एशियन म्यूजिकले गरेको थियो ।

जम्बो टोलीको सम्मानसहित १६ पत्रकार एकसाथ सम्मनित

विन्दवासिनी फाउन्डेसनका आजीवन सदस्य बन्नेहरुलाई सोही अवसरमा सम्मान गरिएको थियो । करिब ३६ जनाको टोलीलाई नै आजीवन सदस्य भएवापत सम्मान गरिएको उक्त कार्यक्रममा उनीहरुलाई ताम्रापत्र, माला र खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै खुमानन्द गौतमलाई पनि उक्त अवसरमा विन्दवासिनी सम्मान दिइएको थियो । विन्दवासिनी संगीत साझलाई विशेष सहयोग गरेवापत समाजसेवी र गीतकार गौतमलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा विन्दवासिनी म्यूजिकले १६ जना पत्रकारहरुलाई विन्दवासिनी संगीत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको थियो । प्रत्येक पत्रकारलाई ५ हजार राशिसहित ताम्रपत्रद्धारा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा नवराज लम्साल, शान्तिप्रिय, अनन्त वाग्ले, सुब्रत आचार्य, नवीन दाहाल, डब्बु क्षेत्री, सविना कार्की, राज श्रेष्ठ, राजन घिमिरे, राजाराम फुयाल, गोविन्द गिरी, चन्द्रमणी भट्टराई, श्याम स्मृतलगायत १६ जना पत्रकारहरु रहेका थिए । पत्रकारिता पुरस्कारको प्रायोजन भने होटल मनाङले गरेको थियो ।

[gss ids=”5513,5510,5512,5511,5509,5508,5507,5506,5505″]

३१ विधामा १५५ स्रष्ठाहरु मनोनयनमा
सोही अवसरमा विन्दवासिनी म्यूजिक अवार्डको उत्कृष्ट पाचमा परेका स्रष्टा र सर्जकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । राजु सिंह, शान्तिराम राई, संगीता बायुङ राई, योगेन्द्रमणी दाहाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, दिपक शर्मा, नरेन्द्र प्यासी, विरही कार्की, सरिता कार्की, मौसम गुरुङ, देवी घर्ती, राजु ढकाल, साहिमा श्रेष्ठ, किरण केसी क्रोधी, जुना प्रसाईं, राम सिटौला, दुर्गा खरेल लगायतका संगीतकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । आगामी मंसिरमा हुने विन्दवासिनी म्यूजिक अवार्डमा सहभागी विभिन्न ३१ विधाका १ सय ५५ संगीतकर्मीहरु मनोनयनमा परेका छन् । उक्त अवसरमा सत्यस्वरुप, रजिना रिमाल, नरेन्द्र प्यासी, मौसम गुरुङ लगायतका गायक गायिकाले गायन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया