Anjali Lama movie Anjali
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०२ बिहिवार । हाम्रै समाजको तेस्रो लिèीहरु मध्ये एकको वास्तविक जिवनमा भोग्नु परेका पिडाहरु र सामान्यतया देख्न नपाइने दुनियाँलाई मुख्य कथामा बुनी निर्माण गरिएको डकुमेन्ट्रि चलचित्र ‘अञ्जली, एक पृथक यात्रा’ को आज काठमाडौमा प्रिमियर गरिएको छ । डकुमेन्ट्रि चलचित्र ‘अञ्जली, एक पृथक यात्रा’को प्रिमियर काठमाडौ स्थित कुमारी हलमा गरिएको थियो ।
मोहन राईले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्रि चलचित्र ‘अञ्जली, एक पृथक यात्रा’को रेड कार्पेटमा चर्चित कलाकारहरुपनि उपस्थित भएका थिए । तेस्रो लिèी अञ्जली लामाको जिवनीमा आधारीत वृत्तचित्र समारोहमा बोल्दै वृत्तचित्रका अभिनेत्री अञ्जिली लामाले भनिन् ‘राज्यले हामीलाई नागरिकता त दिएको छ तर ‘अन्य’ भनेर ।’ तर यो त हामीलाई हेपिएको झै भयो । हामीलेपनि महिला या पुरुष मध्ये एकको पहिचान पाउनुपर्छ ।’
अञ्जली कै जीवन कथामा बनेको डकुमेन्ट्री चलचित्रमा अञ्जलीले बोल्ने क्रममा लैङगिक पहिचानको कुरा उठाएकी थिइन् । अञ्जली जन्मदा छोरा भएर जन्मिए पनि उनको लैङगिक पहिचान, लैङगिक प्रस्तुती समाजमा परम्परागत रुपमा महिलाको जस्तो छ, जसलाई समाजले तेश्रोलिङगी भन्छन् । लामाले जिवनमा दुई महत्वपुर्ण कुरा एउटा सेक्स परिवर्तन गर्ने र अर्को सुपर मोडल बन्ने रहेको बताएकी छिन् । उनले बताए अनुसार सेक्स परिवर्तन गर्न १० हजार देखि १२ हजार डलर सम्म लाग्नेछ । डकुमेट्रि भित्रै आफ्नो पहिलो सेक्सको बारेमा बोल्दै भनिन्– ‘ मैले पहिलो सेक्स सम्बन्ध १० क्लासमा अध्ययन गर्दैगर्दा एक भारतिय पुरुषसंग गरेको थिए । त्यसबेला मलाई एकदमै लाजपनि लागेको थियो, कि, पुरुषको कपडा पहिरीएर सेक्स गर्दा । तर मलाई त्यो पहिलो सेक्स अहिलेपनि याद छ । त्यो केटासंग सेक्स सम्बन्ध राख्दा एकदमै मज्जा आएको थियो’, अभिनेत्री अञ्जलीले डकुमेन्ट्रीमा बताइन् ।
प्रिमियर सोमा बोल्दै निर्माता तथा निर्देशक मोहन राईले सहयोग गर्ने बताए । भने‘वृत्तचित्रबाट संकलन भएको रकमध्ये केही अञ्जलीको सेक्स परिवर्तन गर्ने सपना साकार गर्नका लागी दिने सोच बनाएका छौ’, राईले भने । चलचित्रलाई चाँडै व्यवसायिक रिलिज गर्ने तयारीपनि गरिरहेको उनले बताए । चलचित्रलाई अन्तराष्ट्रिय महोत्सवमा पनि लग्ने निर्देशकले बताए ।
डकुमेन्ट्री शो गर्न अघि नर्वेजियन दुतावासका मिनिस्टर काउन्सेलर हकन गुलग्राण्डसन्ले सहभागीलाई स्वागत गरेका थिए । प्रिमियर शो आयोजना गर्नका लागी नर्वेजियन दुतावासले आथिर्क सहयोग गरेको थियो, भने यसको ब्यावस्थापन नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा लाने कार्यको अगुवाई गरिरहेको माउण्टेन रिभर फिल्मस्ले आयोजना गरेको थियो ।
३५ मिनेट लामो अञ्जलीको यो तेश्रो लिङगी सम्वन्धी डकुमेन्ट्री हेरेर उपस्थित कलाकार, पत्रकारहरु अत्यन्तै भावुक बनेका थिए । चलचित्र सकिएपछी उठेरै सबैले बधाइ स्वरुप बधाइ दिएका थिए । मिडल वे फिल्मस्को ब्यानरमा बनेको वृत्तचित्रलाई रमेश धमलाले गरेका छन् । चलचित्रकर्मी, कलाकार, विभिन्न क्षेत्रका वरिष्ठ व्यत्तित्व देखि पत्रकारसम्मको सहभागिता रहेको उक्त प्िरमियर शोको व्यवस्थापन माउण्टेन रिभर फिल्म्सले गरेको थियो । निल हिरा समाज र मिडलवे फिल्मस्ले पनि कार्यक्रम आयोजना गर्न सहयोग गरेको थियो । वृत्तचित्रलाई अन्तराष्ट्रि फिल्म फेष्टिभल र बजारमा पुर्याउनको लागी मिडल फिल्मश् माउन्टेन रिभर फिल्मस्ले आयोजना गरेको छ ।
[gss ids=”5498,5485,5492,5491,5483,5484,5489,5488,5487,5486,5493,5494,5490,5495,5497″]
प्रतिक्रिया