Bisal Chautari Logo

टलकजंग भर्सेस टुल्केको गीत सार्वजनिक||दयाहाङले मेनुकासंग यसरी लगाए ठुम्का (भिडियोसहित)

- २ आश्विन २०७१, बिहीबार ०५:४० मा प्रकाशित


Talakjung VS Tulke 2014 movie song Nachana Maiya DayaHang Rai and Menuka Pradhan
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०२ बिहिवार । यहि कातिर्क १४ देखि रिलिज हुन लागिरहेको नेपाली कथानाक चलचित्र टलकजंग भर्सेस टुल्केको गीत केही दिन अगाडी (११ सेप्टेम्बरको दिन सार्वजनिक भएको छ । ‘नाच न मैया नाच न’ बोलको यस गीतमा अभिनेत्री मेनुका प्रधानले आइटम गर्लको रुपमा देखिएकि छिन् । Talakjung VS Tulke 2014 movie song Nachana Maiya DayaHang Rai and Menuka Pradhan (1)
ब्लकबस्टर चर्चित चलचित्र ‘लुट’को निर्देशनपछि निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको यो दोस्रो चलचित्र हो । ‘नाच न मैया नाच न’ बोलको गीतमा अभिनेता दयाहाङ राई मुख्य रुपमा प्रस्तुत भएका छन् । निर्देशक बस्नेतको पहिलो चलचित्र ‘लुट’मा पनि अभिनेता दयाहाङलाई नै मुख्य रुपमा प्रस्तुत गरेका थिए । यस गीतमा राईसंगै खगेन्द्र लामिछाने, ऋचा शर्मा लगायतका कलाकारहरु पनि समावेश भएका छन् ।
जेशन कुवरको संगीत रहेको यो गीतको शब्द निर्देशक बस्नेत स्वयंले लेखेका हुन् । गीतमा निर्देशक बस्नेतसगै, सुम्निमा सिंङ, रोशन थापाको स्वर रहेको छ । कार्यकारी निर्माता रविन्द्र सिंह बानिया रहेको यस चलचित्र षट्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमा बनेको हो । चलचित्रलाई पुरुशोत्तम प्रधानले खिचेका हुन् ।

सुस्मापछि मेनुकाको चर्चा बढ्दै

[gss ids=”5474,5475,5476,5477″]

निर्देशक निश्चल बस्नेतले आफ्नो पहिलो चलचित्रमा अभिनेत्री सुस्मा कार्कीलाई उध्रेको चोलीमा आइटम गर्लको रुपमा प्रस्तुत गराएका थिए । यस्तै क्रममा टलक जंग भर्सेस टुल्के चलचित्रबाट मेनुका प्रधानलाई लिएका छन्, सोही अनुरुप पछिल्लो समय आफ्नो आइटम डान्ससंगै अभिनय र मेहनतको कारण चर्चामा छिन्। पहिलो पटक आइटम डान्स सुरु गरेकी प्रधान एक दिन एक रात चलचित्रबाट ठूलो पर्दामा छिरेकी थिइन् । प्रधानले यस अघि भिसा गर्ल, भिजिलान्ते उत्सव लगायत ७ चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘उत्सव’ पनि हलहरुमा रिलिज भैसकेको छ । ७ भन्दा बढी रंगमञ्चमा अभिनय गरिसकेकी उनले धेरै स्टेज सोहरुमा आफ्नो नृत्य पनि प्रस्तुत गरिसकेकी छिन् ।

Talakjung VS Tulke 2014 movie song Nachana Maiya DayaHang Rai and Menuka Pradhan

NACHANA MAIYA .. TALAKJUNG VS TULKE (2014)

Song from The Motion Picture Talakjung VS Tulke.
Featuring MENUKA PRADHAN …
Releasing on October 31st 2014 / Kartik 14th 2071.
Starring: Khagendra Lamichhane, DayaHang Rai, Richa Sharma, Shusanka Mainali, Rabindra Singh Baniya, Prakash Ghimire, Rajani Gurung, Raj Thapa Etc.
Directed by Nischal Basnet
Executive Producer : Rabindra Singh Baniya
Produced by : Ram Kumar Baniya, Sita Shrestha , Rojina Sitaula
A joint venture of Blackhorse Pictures and Shatkon Arts.

प्रतिक्रिया