Bisal Chautari Logo

खोटाङमा बुबाआमा दुबै गुमाएपछि छ बालबालिको बिचल्ली (हाम्रो समाजमा)

- २ आश्विन २०७१, बिहीबार ०२:५७ मा प्रकाशित


khotang society snews 

हाम्रो समाजमा

ब्रेकर : पीडैपीडामा रुमल्लिएका लालबहादुरलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०२ बिहिवार । बुबलाई त दैव आफैले खोसेर लग्यो, बाकी आमाले पनि जिउदै टुहुरो बनाएर जानुभयो ।’ खरले छाएको एकतले सानो घरभित्र आफ्ना छ जना साना–साना भाइबहिनीसग बस्दै दु:ख बाड्दै आएकी १४ वर्षिया बालिका जुना राई कुनामा बसेर सुक्क–सुक्क रुदै यसो भन्दै थिइन् । त्यतिकैमा अगेना (आगो बाल्ने भित्री चुल्हो) छेउ भोर्लाको पातमा सुर्ती बेर्दै गरेका ७३ वर्षिया जुनाका हजुरबुबा लालबहादुर राई गलामा चुहिन लागेको आशु बोकी जस्केलीबाट बाहिरए ।khotang society snews
यी दृष्य हुन्, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङ मौवाबोटे–५ का भीम भनिने ३२ वर्षिया होमबहादुर राईको मृत्यु भएपछि परिवारमा आएको बिचल्ली झल्काउने पीडादायी वास्तविकता हो । तीनवर्ष अघि रोजगारीका सिलसिलामा भीमकुमार ऋण काढेर बिदेशिएका थिए । विदेश गएको वर्षदिन बित्न नपाउदै राईको मृत्यु भएपछि तीन नाति र तीन नातिनी लालनपालनको जिम्मेवारीले ७३ वर्षिया बृद्ध हजुरबुबा लालबहादुरलाई पिरोल्न थालेको छ । अरुभन्दा पनि परिवारका लागि बिहान–बेलुका हातमुख जोड्न चुल्होमा आगो नबल्ने पो होकी भन्ने समस्याले सताउने गरेको छ ।
अशक्त अवस्थका हजुरबुबासगै भाइबहिनी हुर्काउने अविभारा जेठी छोरी जुनाको काधमा आइपरेको छ । श्रीमानको मृत्युपछि घरमा एकल जीवन बिताइरहेकी जुनाकी आमा हिरा पनि गाउका आफन्त पर्ने एक युवासग विहे गरेर भागेपछि अझ समस्या परेको छ । जुना भन्छिन्‘बुबा नभपनि आमाको मुख हेरेरै दु:ख पीडा भुलिरहेका थियौँ, आमा–बुबा दुवै गुमाउँदाको पीडा म कसलाई सुनाउ †’
सात सदस्यीय जहान परिवारलाई हातमुख जोड्नु नै अहिले मुख्य समस्या बनेको जुनाले बिलौना गरिन् । उनका बुबा औपचारिक रुपमा ७ कक्षा मात्रै अध्ययन गरेका भीम प्राविधिक सीपमा पोख्त भएकाले गाउकै कमाइले परिवारको सामान्य आथिर्क भार धान्दै आएका थिए । बदलिदो परिस्थती र घर परिवारको दैनिक गर्जो सहज रुपमा टार्न नसकिने भन्दै बिदेशमा केही कमाएर ल्याउने सोचका साथ उनी बिदेशिएका थिए । उनका काकाका छोरा प्रेमबहादुर राईका अनुसार भीमले बाहिर जादा लिएर गएको साहुको ऋण केही भुक्तानी गरिसकेका थिए, भने केहीको बाकी छ । विदेश जादा बीमा गरेको रकम प्राविधिक समस्या देखाउदै मेनपावरले अहिलेसम्म नदिएको परिवारले जनाएको छ ।
अहिले ऋण तिर्न बाकी भएका साहुले दिनदिनै घर धाउने गरेको जुनाले दुखेसो पोखिन् । बुबा, आमा एकैपटक गुमाएपछि कक्षा–८ मा पढ्दै गरेको क्लासपनि छुटाउनु परेको जुनाले बताईन् । जुना अध्ययनरत शिद्धेश्वरी प्राविका प्रधानाध्यापक बासुदेव आचार्यले बताए,‘आथिर्क समस्याकै कारण जुनासगै अन्य भाइ बहिनीहरु पनि नियमित स्कुल आउन सकेका छैनन् ।’ आफूलाई विद्यालय जान रहर भएपनि बाध्यताले रोकेको जुनाको भनाइ छ । उनले भने,‘कलम, कापी, पोषाक लगायतका सामग्री जुटाउन नसक्दा भाइबहिनीलाई पनि स्कुल पठाउन गाह्रो भएको छ ।’ उनीहरु अध्ययनरत विद्यालयका अनुसार सुदिप (१२), सुनिल (१०), मुना (९), निलिख (८) र पुजना (६) नियमित पठनपाठनबाट बञ्चित भएका छन् । थोरै जमिन । वर्षभरी उत्पादन भएको कमाइले पाच महिना जसोतसो खान पुग्छ ।
दूधे भाइबहिनीको स्याहार गर्दै दिन बित्ने जुनाका बृद्ध बाजे लालबहादुर अर्काको ज्यालादारी गरेर चुल्होका लागि सामान जुटाउने गर्छन् । उनी स्वयम् किशोरावस्थामा शिकार खेल्न जङगल जादा साथीले बोकेको बन्दुक पड्कदा घाइते भएका थिए । शारीरिक रुपमा अपाङग लालबहादुरले भने,‘निमुखा, गरिब–दु:खीकै पीडामा दैव पनि रमाउदो रहेछ, उमेर अवस्थाका कारण आफू धेरै नरहे साना बालबालिकाको भविष्य ‘पानीमा झोसेको अगुल्ठो’ जस्तै हुने हो †’ लालबहादुरको पीडादायी जीवन भोगाइमा थोरै भएपनि आथिर्क सहयोग प्राप्त भएको छ । पीडैपीडामा रुमल्लिएका लालबहादुरलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद पाँच हजार रुपैयाँ सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले भने, ‘एउटा पाका उमेर भएका व्यक्तिले यत्तिका जिम्मेवारी सम्हालेको पाइयो, उसको अवस्था हेर्दा नाजुक देखिएकाले थोरै भएपनि सहयोग गरेका हौं ।’ – सगरमाथा अनलाईन साभार

प्रतिक्रिया