Bisal Chautari Logo

सारंगी हाँस्दैन

- ४ माघ २०७०, शनिबार १७:०० मा प्रकाशित


–परिबन्ध

ओछ्यानबाटै तारा देख्दा
घरभित्रै अनादी उम्रदा
हुरी र झरी छातीमा अङ्गल्दा
शीतमाथि रगत बगाउँदा
पसिनाले बालुवा भिजाउँदा
म मजस्तै थिएन
ताराजस्तै
अनादीजस्तै
हुरी र झरीजस्तै
शीत
अनि वालुजस्तै थिएँ
र, आाशुले मेरो कथा सुनाए
तिमीले भन्यौ –
आहा ! कस्तो रंगीन जीन्दगी

मुटु रेटिदा
ऊ दुखेको हो
ऊ चिच्याएको हो
चोट सहेर
सारंगी हाँस्दैन ।

प्रतिक्रिया