bidhuwa-nepali-movie sonu ghimire
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । गत मंगलवार सिटि सेन्टर स्थित बिग सिनेमा हलमा चलचित्र ‘विधुवा’ को प्रिमियर सो गरिएको थियो । चलचित्रमा अभिनय गर्ने मुख्य अभिनेत्री सोनु घिमिरे यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् ।
आफ्नै बुबा(मान बहादुर घिमिरे)ले लेखेको कथामा ‘विधुवा’ बनेपछी मख्ख रहेकी नव अभिनेत्री घिमिरेले विशाल चौतारीसंग कुराकानी गर्दै भनिन् ‘पछिल्लो समय नेपाली चलचित्र क्षेत्र अश्लिल बनिरहेको समयमा एक दलित र विधवा महिलाले समाजमा भोग्नुपरेको पिडा र अपहेलनालाई देखाइएको सामाजिक चलचित्रमा अभिनय गर्न पाउदा म एकदमै खुशी छु । चलचित्रमा विधवाको भुमिका निभाउन आफुले सकेसम्म मिहेनत गरेकोले दर्शकले मनपराउनेमा विस्वस्त रहेको छु’, अभिनेत्री सोनुले बताइन् । त्यस्तै चलचित्रमा अभिनेता दिलिप रायमाझीसंग काम गर्न पाउदा कस्तो महसुस गर्नुभएको छ भन्ने एक प्रश्नमा उनले भनिन्– ‘उहा जस्तो सिनियर कलाकारसंग पहिलो चलचित्रमै काम गर्न पाउदा गौरवको कुरा हो मेरो लागी । उहाले मलाई सुटि»मा जुनियर कलाकारलाई जस्तो व्यवहार कहिल्यै गर्नुभएन । बरु उहाले मलाई उहासंगको धेरै सिनहरुमा सहयोग गर्नुभयो’,अभिनेत्री घिमिरेले बताइन् ।
[gss ids=”5446,5444,5445″]
मनोज श्रेष्ठको निर्देशनमा रहेको चलचित्र ‘विधुवा’ हेर्न चलचित्रकर्मी, सञ्चारकर्मीदेखी नेतासम्मको उपस्थित रहेको थियो । एमाले नेता प्रदीप ज्ञावली र विष्णुा पौडेल पुगेका थिए । चलचित्रलाई गिरी प्रसाद सुनुवारले निर्माण गरेका हुन् भने चलचित्रको छायांकन पाल्पा र बुटवलमा गरिएको हो । हालसम्म चलचित्रको रिलिज मिती नतोकिपनि कात्तिकसम्ममा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेको निर्माता सुनुवारले बताए ।
प्रतिक्रिया