Bisal Chautari Logo

मन्डे मुभिज छलफलमा निश्चलले भने–‘एङ्गल र मेकअप हेर्न थालेपछी हाम्रो कथा चिप्लिन्छ’

- २४ भाद्र २०७१, मंगलवार ०४:१७ मा प्रकाशित


Monday movies talking Nischal Basnet, Yangesh and komeil soheili

‘मन्डे मुभिज’मा इरानी चलचित्रमाथि छलफल

विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २४ मंगलबार । चलचित्रबारे छलफल गराउने उद्देश्यले हिजो सोमबार मण्डला थियटरमा मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरियो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका चलचित्रहरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार इरानी निर्देशक माजिद माजिदीले निर्देशन चलचित्र ‘द सङ्ग्स् अफ स्पारो’ प्रर्दशन गरियो । Monday movies talking Nischal Basnet and Yangesh (1)
९६ मिनेटको चलचित्र प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । चलचित्र समिक्षक यज्ञश, निर्देशक निश्चल बस्नेत र इरानी फिल्ममेकर कोमिइल सोहेइली अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया चलचित्रका प्रविधि, कथावस्तु र अभिनयमाथि केन्द्रित थियो ।Monday movies talking Nischal Basnet and Yangesh (3)
चलचित्र निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रहरुमा कुनै किसिमको विम्बहरु नभेटिने बताए । ‘यस फिल्ममा धेरै विम्बहरु छन् । नेपाली चलचित्रको कथाहरुनै राम्रो हुन सकेको छैन् । चलचित्रको एङ्गल, मेकअप लगायत पार्टहरु हेर्न थालेपछी कथा कतिबेला चिप्लिसकेको हुन्छ थाहै नहुने निर्देशक निश्चलले बताए । केही निर्देशकहरुले भने पछिल्लो समयमा नेपाली मौलिकतालाई फिल्ममा समावेश गरिरहेका छन्,’उनले भने ।
चलचित्र समिक्षक यज्ञशले चलचित्रमा वौद्धिक किसिमको दृश्यका भाषाको प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा प्रयोग भएका दृश्य भाषाको माध्यमबाट निर्देशकले हुदाखाने वर्गको भावना समातेका छन् । उनी बालबालिका केन्द्रित चलचित्र बनाउनका माहिर मानिन्छन् । चलचित्रको सुरुवातदेखिनै निर्देशकले पात्रहरुमा पोयटिक कन्ट्राडिक्सन गराएका छन्,’उनले भने ।
त्यस्तै इरानी फिल्ममेकर सोहेइलीले इरानमा विदेशी चलचित्रहरु हलमा नचल्ने बताए । ‘इरानमा विभिन्न शैलीका चलचित्रहरु निर्माण भएपनि अन्तराष्ट्रियस्तरमा भने इरानी आर्ट चलचित्रहरु पुग्ने गरेका छन् । अधिकांश इरानी चलचित्रहरु कविताहरुबाट प्रभावित हुने गरेका छन् । निर्देशक माजिदीले निम्न वर्गका मानिसका कथामा चलचित्र बनाउने गरेका छन्,’उनले भने ।

इरानी निर्देशक माजिदीले निर्देशन गरेको ‘संग अफ स्पारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस चलचित्रले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो चलचित्र ८१ औं एकेडेमी अवार्ड अन्र्तगत उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्डमा मनोनयनमा परेको थियो । निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो ।
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । चलचित्रसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर चलचित्रमाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ ।

[gss ids=”5407,5410,5408″]

‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । चलचित्रबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका चलचित्रमा रुचि राख्नेहरुले चलचित्र हेर्न र छलफलमा सहभागि हुन सक्नेछन् । एक महिनाभर एउटा देशका चलचित्रहरुमाथि कुराकानी हुनेछ,’आयोजककी स्मृति ढुंगानाले भनिन् । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ ।

प्रतिक्रिया