Bisal Chautari Logo

मण्डलामा आजबाट ‘मन्डे मुभिज’

- २३ भाद्र २०७१, सोमबार ०८:२२ मा प्रकाशित


Monday moviesMonday movies The-Song-of-Sparrows (1)
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २३ सोमबार । समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभको संयुक्त आयोजनामा मन्डे मुभिज नामक कार्यक्रम आज सोमबार (भदौ २३, अपरान्ह ४: ४५) देखि सुरु हुदैछ । कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्पारो’ प्रर्दशन गरिनेछ ।Monday movies The-Song-of-Sparrows (2)
इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको ‘संग अफ स्प्यारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो ।
दोस्रो चरणमा फिल्म प्रदर्शन लगत्तै फिल्मका विभिन्न पक्षमाथि समेत अन्तरक्रिया संञ्चालन गरिनेछ । इरानी फिल्म समिक्षक र फिल्म मेकर कोमिइल सोहेइली र निर्देशक निश्चल बस्नेतले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउदैछन् । हरेक सोमबार संञ्चालन हुने मन्डे मुभिजमा फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया हुनेछ । स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले मन्डे मुभिज क्लबलाई संञ्चालन गर्नेछन् । यस क्ल्बमा चलचित्रसम्बन्धी व्यक्तिहरुलाई सदस्यता प्रदान गरेर चलचित्रसम्बन्धी बहस गराउने योजनामा मन्डे मुभिज क्लब लागिपरेको छ ।
‘मन्डे मुभिजमा फिल्मका सबै पक्षबारे छलफल हुन्छन् । इरानी फिल्म प्रदर्शनबाट ‘मन्डे मुभिज’लाई सुरुवात गरेका हौं । फिल्मपछि अन्तरक्रिया समेत हुने हुादा फिल्ममा लागेका सबैलाई फिल्मका विभिन्न विषयमाथि जानकारी हुन्छ । एक महिना एउटा निर्देशकको फिल्महरुमाथि कुराकानी हुन्छ । फिल्ममा प्रयोग भएका प्रवधि, कथा, अभिनय र निदेशकिय पक्षमाथि केन्द्रित हुनेछौं,’आयोजककी स्मृति ढुंगानाले भनिन् ।

प्रतिक्रिया