Bisal Chautari Logo

बुटवलबाट १९ जना छनौट भए नेपाली तारा–३ का लागी

- २३ भाद्र २०७१, सोमबार ०७:२७ मा प्रकाशित


Nepali Tara-3 audition butawal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २३ सोमबार । नेपाली तारा सिजन ३ को बुटवल अडिसनबाट जम्म १९ जना प्रतियोगिहरु छनौट भएका छन् । जम्मा ८६५ जनाले अडिसन दिए जसमध्ये १९ जना छानिएका हुन् । Nepali Tara-3 audition butawal (1)
१० पुरष र ९ महिला दोस्रो राउण्डका लागि काठमाण्डौं आउने भएका छन । यस पटक सबै स्थानबाट अडिसन दिने गायक गायिकाको स्तर एकदमै राम्रो भएको निर्णायकहरुले बताएका छन् । बुटवलबाट थुप्रै बाल बालिकाले अडिसन दिए र सो मध्ये २ जना १० र ११ वर्षीय साना प्रतिभा पनि छानिएका छन् ।
प्रतियोगीताको निर्णायकहरुमा वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार सुरेस अधिकारी र गायक राम कृष्ण ढकाल रहेका थिए ।

[gss ids=”5385,5386,5384″]

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु.२५१,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्यकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारहरु द्धारा म्युजिक, स्टाइल र पर्सन्यालिटि विकाश गर्ने मौका पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले अष्ट्रेलिया ट्रीपमा जान र सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मोका पाउने छ । यो गायन प्रतिभा खोजिको तेस्रो संस्करणका विजेताहरुले समग्रमा करिब रु.२५ लाख वरावरको पुरस्कार जित्न सक्नेछन् । त्यसपछिका अडिसनहरु पोखरा, भक्तपुर र अन्त्यमा काठमाडौमा हुनेछ । बताइए अनुसार अहिले पोखरा अडिसनकालागि प्रस्थान गरेका छन् ।

प्रतिक्रिया