Bisal Chautari Logo

राई इज किङ १३ औ चोटी कोरियामा

- २२ भाद्र २०७१, आईतवार १८:१८ मा प्रकाशित


rajesh payal rai Korea
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २२ आइतबार । नेपाली पाश्र्व तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राई विदेशमा साङ्गीतिक कन्र्सट गर्ने कलाकारहरुमा पनि नम्बर १ मा पर्छन् । यस्तै क्रममा गायक राई दक्षिण कोरीयामा कन्र्सटका लागी १३ औ चोटी पुगेका छन् । rajesh payal rai Korea (1)
खोटाङ सेवा समाज दक्षिण कोरीयाले आयोजना गरेको कार्यक्रम सेप्टेम्बर ८ तारीकको दिन दिनको १२ बजेबाट सुरुवात गरिने आयोजक मध्येका एक अमृत राईले बताए । कार्यक्रमका लागी राई इज किङ हिजो शनिवार प्रस्थान गरेका छन् । गायक राजेश पायल राई सहित कार्यक्रममा रेवत राई, मिलन अमात्य, अभिनेत्री प्रियंका कार्की, गायिका कोमल वली, समला राई, गायक प्रमोद खरेल, राजेश राई लगायत गएका छन् ।

[gss ids=”5376,5377,5378″]

प्रतिक्रिया