Bisal Chautari Logo

एनएफडीसी अवार्डमा ४ विधामा ‘झोला’को वर्चश्व (फोटो फिचर सहित)

- २२ भाद्र २०७१, आईतवार ०५:२८ मा प्रकाशित


NFDC Awards 4 categories’ award received Jhola
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २२ आइतबार । दोस्रो ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘झोला’ उत्कृष्ट चलचित्र हुदै अन्य तिन विधामापनि अवार्ड हातपार्दै वर्चश्व गरेको छ । यादव भट्टराई निर्देशित चलचित्र ‘झोला’ले अन्य तिन विधा उत्कृष्ठ अभिनेत्री (गरिमा पन्त), उत्कृष्ठ निर्देशक (यादव भट्टराई), र सह–अभिनेत्री (लक्ष्मी गिरी) विधाको अवार्ड हात परेको छ । NFDC Awards 4 categories' award received Jhola
हिजो शनिबार आर्मी अफिसर्स क्लबमा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको आयोजनामा सम्पन्न अवार्ड वितरण कार्यक्रममा आर्यन सिग्देलले चलचित्र ‘महशुश’बाट अभिनेता तर्फको अवार्ड जिते । शिव सर्वोत्कृष्ट अभिनेताबाट अवार्ड जितेका सिग्देल खुट्टामा गम्भिर चोटका बावजुतपनि अवार्डमा सहभागी भएका थिए । पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार चलचित्र पत्रकार संघका अध्यक्ष शान्तीप्रियले हात पारे ।
त्यस्तै श्रीलंकाका मन्त्री गोविन्दा नायके र नेपाल सरकारका वाणिज्य तथा आपूर्तीमन्त्री सुनिल थापाले कार्यक्रमको उद्घाटन गरे । समारोहमा स्वगिर्य अभिनेता श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै कलाकारले आकर्षक नृत्य गरेका थिए । अभिनेता दीलिप रायमाझीले अभिनेत्रीहरु केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनि कुँवर, निता पोखरेलको साथमा श्रीकृष्णका चचिर्त गीतहरुमा नृत्य गरे । अभिनेता रोहित रुम्बा, अभिनेत्री अशिष्मा नकर्मी र अनु शाहसँग देखिए भने अभिनेत्री करिश्मा मानन्धरसँग अभिनेता रमेश उप्रेतीले ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गरेका थिए । कार्यक्रम संचालनको रुपमा रहेका विल्सन विक्रम राईको प्रस्तुतीले हल केही समय हाँसोमा गुञ्जयमान भयो ।

[gss ids=”5362,5361,5360,5359,5355,5357,5358,5356″]

विभिन्न २० विधामा अवार्ड पाउने कलाकार र चलचित्र र सम्वन्धितको नामावली :–

१.प्रदिप सर्वोत्कृष्ट ध्वनी पून: मुद्रण : अमित श्रेष्ठ (मञ्जरी)
२.भुटानी सर्वोत्कृष्ट दन्द्ध निर्देशन : राजेन्द्र खड्गी (नोथिङ इम्पोसिबल)
३.मञ्जु सर्वोत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (नाई नभन्नु ल २)
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने (महशुश)
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
६.बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशन : कविराज गहतराज (स्लोली स्लोली, काली)
७.उदित सर्वोत्कृष्ट पाश्र्व गायन : प्रेम परियार (यी आँखामा, नाई नभन्नु ल २)
८.शम्भुजित सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा(यी आँखामा, नाई नभन्नु ल २)
९.चैत्य नव नायिका : सुजाता कोइराला (मञ्जरी)
१०.विश्व सर्वोत्कृष्ट नव नायक : गौरब पहारी (मञ्जरी)
११.बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : लक्ष्मी गिरी (झोला)
१२. निर सर्वोत्कृष्ट सह अभिनेता : रमेश वुढाथोकी (राजनीति)
१३.पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार : शान्तीप्रिय
१४.कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायीक चलचित्र : नाई नभन्नु ल २
१५.मह जुरी सर्वोत्कृष्ट चलचित्र : प्रविण श्रेष्ठ र सुनिल मानन्धर (मोक्ष)
१६.चेतन सर्वोत्कृष्ट लेखन : अर्पण थापा (मौन)
१७. भूवन सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला)
१८.शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
१९.हिरा सर्वोत्कृष्ट चलचित्र : झोला (मिडिया फर कल्चर प्राली र झोला इन्टरनेशनल)

२०.प्रकाश सर्वोत्कृष्ट निर्देशक : यादव भट्टराई (झोला)

प्रतिक्रिया