nepali Artist
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २१ शनिबार । नेपाल चलचित्र कलाकार संघले आफ्नो १३ औं बार्षिक साधारणसभाको अवसरमा विभिन्न कलाकर्मीदेखी पत्रकार सम्मलाई सम्मान गरेको छ । सम्मनित हुनेहरुमा नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कारबाट निर्देशक तथा कलाकार रमेश वुढाथोकीलाई ५६ हजार नगदसहित पुरस्कृत गरिएको छ । ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कारबाट कलाकार भीम बहादुर थापालाई नगद २१ हजारसहित पुरस्कृत गरिएको थियो । त्यस्तै ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट समिक्षक डाक्टर प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङलाई सम्मानीत गरिएको छ । यस्तै ‘नेपाल चलचित्र पत्रकारिता सम्मान’बाट विजय सुवेदी ‘आवाज’ र सानुकाजी श्रेष्ठलाई सम्मानीत गरिएको थियो । त्यस्तै अभिनेत्री रिमा विश्वकर्मालाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान’बाट सम्मानीत गरिएको छ भने ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’बाट सानु ताम्राकार, विजय देउजा र रवि गिरीलाई सम्मानीत गरिएको छ ।
सम्मानित हुनेहरुलाई उपराष्ट्रपति परमानन्द झाले सम्मानपत्रका साथ सम्मान गरेका थिए भने नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले सम्मानीत हुने सबै कलाकार र पत्रकारलाई प्रमाणपत्र वितरण गरेका थिए । वितरण समारोहमा बोल्दै उपराष्ट्रपति परमानन्द झाले नेपाल चलचित्र कलाकार संघले समग्र चलचित्र उद्योगको विकासको लागि उल्लेखनिय योगदान पुर्याउँन सकोस् भन्दै शुभकामना दिए । कार्यक्रम ब्यावस्थित हुन नसकेको जनाउदै प्रमुख अतिथी झाले अर्को चोटि कार्यक्रममा निमन्त्रणा गरे अलि ब्यावस्थित बनाउनपनि आग्रह गरे । त्यस्तै केही वक्ताहरुले बोलेको कुरालाई खण्डन गर्दै उपराष्ट्रपति झा ले सकारात्मक रुपमा सोच्नपनि कलाकारहरुलाई आग्रह गरे ।
[gss ids=”5344,5342,5343,5341,5340,5345,5346,5347,5348,5349,5350″]
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले कलाकारहरुको देश निर्माणमा ठूलो भूमिका रहने भन्दै नाम मात्र आएपनि कलाकारहरु बागमती सफाइमा नआएकोमा गुनासो व्यक्त गरे । केही औलामा गन्न सकिने कलाकारहरु मात्र बागमती सरसफाइमा गएको पौडेलले बताए । उता नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले कलाकारको बर्गिकरण गर्न खोजेको आरोप यत्तिकै कलाकारसंघले लगाएको बताए । राईले बोल्दै भने –‘कलाकारहरुको कुनै क र ख को बर्गको कुरा भएको छैन । यहा कलाकारीता जगतकै हितका लागी पो सरकारसंग विषय उठाइरहिएको हो’, अध्यक्ष राईले बताए । उता निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्माता संघका अध्यक्ष राईले बोलीमै सहमति जनाए ।
उता अध्यक्ष नबल खड्काले कलाकार संघले गरेको बर्षभरीको कामको जानकारी गराए । महासचिव रामकेशर बोगटीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले साधारण सभा सफलताको शुभकामना समेत दिएका थिए ।
प्रतिक्रिया