Bisal Chautari Logo

गुरु पूर्णिमाको अवसरमा लामो अन्तरालपछि सत्यकृत ब्यान्डको भक्तिभजन ‘गुरु’ सार्वजनिक

- १३ श्रावण २०८३, बुधबार २३:१७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण १३ बुधवार।
लामो समयको अन्तरालपछि सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरुको गीति भिडियो सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको शुभ अवसर पारेर सत्यकृत युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

भक्तिमय गीतमा स्वर, शब्द तथा संगीत सुरसाधुको रहेको छ भने गीतको अडियो रेकर्डिङ भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ।

गीति भिडियोमार्फत देवभूमि तथा पुण्यभूमि नेपालमा जन्मिनुभएका सद्गुरु श्रीहजुरको ज्ञान, सत्संग, मार्गनिर्देशन र अनुकम्पाबाट रूपान्तरित भएका लाखौं जीवनमध्ये एक युवा योगी साधकको भक्ति यात्राको झलक प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतले मानिसले आफ्ना राम्रा–नराम्रा स्वभाव, कुभाव तथा आत्मालाई भार बनाउने सम्पूर्ण धारणाहरू गुरुको चरणमा समर्पण गरेर मात्रै वास्तविक शुद्धता, बुद्धत्व र ईश्वरत्वको अनुभूति गर्न सकिने सन्देश दिन खोजेको छ। पूर्ण समर्पणमार्फत गुरुबाट कल्याण प्राप्त गर्न सकिने आध्यात्मिक भावलाई गीतमा कलात्मक रूपमा अभिव्यक्त गरिएको छ।

भक्तिभाव, समर्पण र आत्मरूपान्तरणको सन्देश बोकेको ‘गुरु’ गीति भिडियोले आध्यात्मिक संगीत रुचाउने दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया