Bisal Chautari Logo

गायक सत्यराजलाई पुत्र लाभ

- २१ भाद्र २०७१, शनिबार ०४:१२ मा प्रकाशित


satya raj acharya son
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २१ शनिबार । चर्चित गायक सत्यराज आचार्यलाई पुत्र लाभ भएको छ । हिजो बेलुकी पाटन अस्पतालमा गायक आचार्यको जिवन संगिनी अनिता थापा आचार्यले बच्चालाई जन्म दिएकी हुन् । satya raj acharya son (1)
गायक अचार्यले सन्तान लाभ भएपछी सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फ्यानहरुमाझ खुसी साटेका छन् । गायक आचार्यका अनुसार बच्चा र आफ्नी जिवन संगिनी स्वस्थ रहेकोपनि बताएका छन् । गायक सत्यराज आचार्य वरिष्ठ गायक भक्तराज आचार्यको छोरा हुन्, भने गायक स्वरुपराज आचार्यको दाजु हुन् । गायक आचार्यले केही वर्ष अगाडी अनितासंग प्रेम बिबाह गरेका थिए ।
आचार्यले फेसबुक स्टाटसमा लेखेका छन्–‘भर्खरै जीवनकै सबैभन्दा ठुलो खुशी मिलेको छ । अर्थात मैले पनि बुबा बन्ने सौभाग्य प्राप्त गरेको छु । पाटन अस्पतालमा मेरी जीवन सङगीनी अनिता थापा आचार्यले एउटा स्वस्थ्य बालकलाई जन्म दिएकी छिन् । सिजरिङ् भए पनि अहिले आमा र छोरा दुवै सकुशल छन् । यो अत्यधिक खुशी यहाँहरु सबैसँग बाँड्न पाँऊदा अझै उत्साहित र सार्है हषिर्त छु’, गायक आचार्यले लेखेका छन् ।

[gss ids=”5334,5332,5333,5335″]

गायक आचार्यलाई विभिन्न विभिन्न कलाकार उनका फ्यानहरुले बधाइ दिइरहेका छन् । यस मध्ये पाश्र्व तथा आधुनिक गायनका चर्चित गायक राजेश पायल राईले सबैभन्दा पहिला शुभकामना दिएका थिए । गायक राईले लेखेका छन्–‘प्रिय भाई गायक सत्यराज आचार्य लाई पुत्रलाभ भयकोमा हादिर्क बधाई अनी शुभकामना…’।

प्रतिक्रिया