Bisal Chautari Logo

miss nepal malina joshi को सिनेमा करियर ‘ऋतु’मा

- ७ माघ २०७०, मंगलवार १७:४३ मा प्रकाशित


malina-joshi-new-photo
विशाल चौतारी समाचार
काठमाडौं, ७ माघ । सुन्दरी प्रतियोगिताबाट आएका सबै सुन्दरीहरु अभिनयमा अव्बल नै हुन्छन् भन्ने छैन । यस्तै नेपालका मिस नेपालको सन्र्दभलाई हेर्ने हो भने विभिन्न काममा सफल रहेपनि नेपाली चलचित्र क्षेत्रभने उनिहरुलाई फापेको देखिदैन । जसको उदाहरण क्रमश: अभिनेत्रीहरु रुवि राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा जस्ता मिस नेपालहरु नेपाली सिनेममा जम्न सकेनन् । यस्तै क्रममा पुर्व मिस नेपाल मलिना जोशी चलचित्र ‘ऋतु’ मार्फत लिड रोलमा अभिनेत्रीको रुपमा डेब्यु गरेकी छिन् ।
केहि समय अगाडी रिलिज भएको चलचित्र ‘कलिउड’ को शिर्ष गीत आइटममा नृत्य प्रस्तुत गरेपछि मिस नेपाल मलिना जोशिलाई नेपाली चलचित्रमा आउन सजिलो भएको थियो । अभिनेत्री मलिनालाई ‘ऋतु’ मा निर्देशक मनोज अधिकारीले ‘बोल्ड एण्ड ब्युटिफुल’ भूमिकामा प्रस्तुत गरेका छन् । चलचित्रमा हलिउड प्रोजेक्ट समेत गरिसकेका अभिनेता राजबल्लभ कोइरालासंग अभिनेत्री मलिनाले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री रिमा विश्वकर्माको पनि ‘ऋतु’ मा बोल्ड भूमिका रहेको बताइएको छ । फागुन १३ गते प्रदर्शन हुने फिल्म यतिखेर प्रचारमा जुटेको छ । यहि चलचित्रबाटै थाहा हुनेछ, मिस नेपाल मलिनाको नेपाली चलचित्रको करियर ।

प्रतिक्रिया