Bisal Chautari Logo

धरानबाट नेपाली तारा–३को अडिसन सुरु || २२ प्रतियोगी छनौट

- २० भाद्र २०७१, शुक्रबार १६:१४ मा प्रकाशित


Nepali Tara-3 audition Dharan
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र २० शुक्रबार । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो कोका–कोला नेपाली तारा–३ को अडिसन राउण्ड २ सेप्टेम्बर, २०१४ भाद्र १७ धरानबाट शुरु भएको छ । कोका–कोलाद्वारा प्रायोजित सो सांगीतिक रियालिटि शोले नेपालभरिबाट गायक प्रतियोगीहरु खोज्नेछ, जसले काठमाडौमा हुने प्रतियोगीताको अन्तिम चरणमा भाग लिनेछन् । Nepali Tara-3 audition Dharan
धरानको अडिसनका लागि आएका ९४३ प्रतियोगीहरु मध्ये २२ जना (१४ पुरुष ८ महिला) ले प्रतियोगीताको दोस्रो चरणमा गाउने मौका पाएका छन् । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार सुरेस अधिकारी र गायक राम कृष्ण ढकालका साथै मुख्य जजकारुपमा थिए भने दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संसकरणका रनर–अप धर्वेन्द्र सेवान कार्यक्रमका प्रश्तोता थिए ।
जजहरुका अनुसार यस पटकका प्रतियोगीहरु पहिलेभन्दा राम्रो तयारीका साथ आएका छन् र जजहरुलाई उत्कृष्ट प्रतियोगी छनोट गर्न निकै गाह्रो भएको छ । धरानको अडिसनमा सबै उमेरका प्रतियोगीहरुको समावेश थियो । जजहरु आफ्नो छनेटप्रति निकै खुसी छन् किनकि यस पटक धेरैजसो प्रतियोगीहरुले संगीत सिकेर आएका छन् जसले गर्दाका अबका राउण्डहरु पहिलेभन्दा प्रतिस्पर्धात्मक हुनेछ ।

[gss ids=”5314,5313,5312,5308″]

प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५१,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्यकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारहरु द्वारा म्युजिक, स्टाइल र पर्सन्यालिटि विकाश गर्ने मौका पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले अष्ट्ेरलिया ट्रीपमा जान र सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मोका पाउने छ । यो गायन प्रतिभा खोजिको तेस्रो संस्करणका विजेताहरुले समग्रमा करिब रु.२५ लाख वरावरको पुरस्कार जित्न सक्नेछन् ।
अर्को अडिसन १९ भाद्रमा नारायणगढमा हुनेछ भने त्यसपछिका अडिसनहरु बुटवल, पोखरा, भक्तपुर र अन्त्यमा काठमाडौमा हुनेछ ।

प्रतिक्रिया