Bisal Chautari Logo

बिर्खे सुवासले गरे सिनेमा रिलिजसंगै पत्नी सार्वजनिक (फोटो फिचर सहित)

- २० भाद्र २०७१, शुक्रबार १५:२९ मा प्रकाशित


subash thapa wife binita khadka
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र २० शुक्रबार । अभिनेता सुवास थापाद्धरा निर्मित चलचित्र ‘बिर्खेलाई चिन्छस् आजबाट काठमाण्डु तथा मोफसलका पर्दाबाट एकसाथ प्रदर्शनमा आएको छ । अभिनेता थापाको शिर्ष भूमिका रहेको यो चलचित्र एउटा साधारण युवाको कथामा आधारित छ । अभिनेता थापाले चलचित्र प्रदर्शनको एक दिन अगाडी अनौचारिक रुपमै प्रेससँग भलाकुसरी गर्दै विगत दश वर्षदेखि गोप्य रहेको आफ्नो वैवाहिक सम्बन्धलाई सार्वजनिक गरे ।subash thapa wife binita khadka (1)
अभिनेता थापा पत्नी विनिता खड्कालाई प्रेस समक्ष परिचय गराउँदै सुवासले भने, ‘आजसम्म मैंले आफ्नो वैवाहिक सम्बन्धको बारेमा केही पनि बताएको थिइँन । किनभने मैले बनाएको चलचित्रमा सबै परिवारै लिएको आरोप लाग्न सक्छ भनेर । तर आफुपनि एउटा कलाकार भएको नाताले चलचित्र भित्रको कलाकारलाई चिनाउन आवश्यक ठानेर आज मैले तपाईहरु (प्रेस) समक्ष सार्वजनिक गरेको हु ।’ अभिनेता थापाले बताए अनुसार उनले विगत दश वर्ष अगाडी प्रेम विवाह गरेका थिए । सुवास र विनिताका ६ वर्ष मुनिका दुई छोरीहरु छन् ।
अभिनेता थापाले आफ्नी रियल जिवनको हिरोइन विनिता भएको बताउदै चलचित्र ‘बिर्खेलाई चिन्छस्’मा पनि महत्वपूर्ण भूमिका निभाएको बताए । भने–‘विनितालाई मैंले मेरो पत्नी भएर मात्रै चलचित्र खेलाएको होइन् पात्र सुहाउँदो भएपछि मात्रै उनलाई खेलाइएको हो ।’ दश वर्षजसो स्टेज नाटक प्रस्तुत गरेकी खड्का चलचित्रमा ग्रामिण भेगकी ‘जुनेली’ नामक पात्रमा प्रस्तुत भएकी छिन् । केही लजाउँदै जुनेलीले भनिन्, ‘सुरुमा क्यामेरा फेस गर्दा गाह्रो भएको थियो । तर, दश वर्षपछि अभिनयमा फर्केकाले राम्रो गर्नुपर्छ भन्ने ठानेर काम गरें ।’ अभिनेता थापाले अहिलेसम्म आफुबाट भएका गल्तीलाई माफी माग्दै सुटिङदेखी अहिले चलचित्र चल्न लाग्दा सम्म पत्नी खड्काले सबैभन्दा बढी साथ दिएको बताए ।

[gss ids=”5300,5304,5303,5302,5301,5299,5297″]

निर्देशक अराज केशवले फिल्म ‘बिर्खेलाई चिन्छस्’ ले सोच्दै नसोचेको ‘हाइप’ लिएकाले आफु निकै नै खुसी भएको बताए । काठमाण्डु भित्र पपकर्न र काठमाण्डू बाहिर एफडि कम्पनीले फिल्म ‘बिर्खेलाई चिन्छस्’ को वितरण जिम्मा लिएको छ । जगदिश्वेर थापाको कथा लेखन रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’लाई अराज केशवले निर्देशन गरेका छन् ।

प्रतिक्रिया