Bisal Chautari Logo

कलाकारको वर्गिकरण अस्विकार गर्ने निर्णय गर्‍यो कलाकार संघले ( प्रेस विज्ञप्ति सहित)

- १७ भाद्र २०७१, मंगलवार १४:२७ मा प्रकाशित


Artist Association decided to reject Artist the classification (including press releases) nawal khadka
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र १७ मंगलबार । नेपाल सरकारले नेपाली चलचित्रकर्मीको बर्गीकण गरी परिचय पत्र प्रदान गर्ने कुरा अहिले केही बिवादमा रहेको छ । यस्तै क्रममा कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले सो प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलवार बसेको कार्यसमिति र सल्लाहकार समितिको बैठकले कलाकारलाई गरिने तहगत बर्गीकरण मान्य नहुने निष्कर्ष निकालेको हो । Artist Association decided to reject Artist the classification (including press releases)-nawal khadka (1)
संघका अध्यक्ष नवल खड्काको अनुसार अहिले गरिने भनिएको तहगत बर्गीकरण पूर्ण रुपमा अस्वीकार गर्ने र भविष्यमा यसले तोक्ने मापदण्डका आधारमा प्रतिक्रिया दिने निर्णय गरेका बताए । नेपाल सरकारले नेपाली कलाकर्मीहरुको वगिर्करण गरी परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको छ । यसका लागी संचारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदलको गठन भएको छ । गठित कार्यदलको सदस्यहरुमा राजेन्द्र सलभ, भरत शाक्य र अभिनेत्री करिश्मा मानन्धर सदस्य रहने बताइए पनि आधिकारिक पत्र बुझिसकेका छैनन् ।
विशेषगरी चलचित्र क्षेत्रमा लागेका कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाको बायोडाटा संकलन गर्ने काम कार्यदलले गर्ने बताइएको थियो । सबै कलाकर्मीको विवरण प्राप्त भएर ग्रेड छुट्याएपछि सरकारले पुस्तक पनि सार्वजनिक गर्ने बताइएको छ । पुस्तकममा सबै कलाकर्मीको विवरण संकलन गरिनेछ । ‘क’ बर्गमा पर्नेलाई विशिष्ट र ‘ख’ बर्गमा पर्नेलाई साधारण श्रेणीमा राखिने प्रारम्भिक सोच बाहिरिएको थियो । सरकारले वितरण गर्ने कार्डमा सञ्चारमन्त्रीको हस्ताक्षर रहनेछ । एयरपोर्टदेखि विदेश पुग्दा कलाकार र आम नागरिकलाई एउटै व्यवहार भएपछि विभिन्न खालका गुनासोहरु आइरहेका थिए । यसैले सरकारले कलाकर्मीलाई सुरक्षादेखि विभिन्न सुरक्षा दिन यो निर्णय गर्न लागेको बताइएको थियो ।

Artist Association decided to reject Artist the classification (including press releases)-nawal khadka (2)

प्रतिक्रिया