Bisal Chautari Logo

श्वेताले पुन लेखिन् –‘फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई भन कुन बाटो लागौं’

- १७ भाद्र २०७१, मंगलवार १३:३५ मा प्रकाशित


Shweta Khadka
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, भाद्र १७ मंगलबार । स्वर्गीय लोकप्रिय अभिनेता श्री कृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी अभिनेत्री तथा अभिनेता श्रेष्ठको श्रीमती श्वेता खड्काले फेसबुकमार्फत् भगवानसँग गुनासो पोखेरहेकी छिन् । उनले दोस्रो चोटी भगवान्लाई गुनासो पोखेकी छिन् । श्रीमाण श्रीकृष्णको मृत्युसँगै मुछिर्त अबस्थामा रहेरहेकी अभिनेत्री श्वेताले दोस्रो पटकको आफ्ना भावनामा भगवान्संग एकचोटी फेरी विश्वास गर्दै लखेकी छिन्–‘फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न, लौ अब तिमि आफैं भन म कुन बाटो लागौं, मलाई गाह्रो भयो आफैले आफैंलाई समाल्न’ अभिनेत्री श्वेताले लेखेकी छिन् ।Shweta Khadka (2)
उनले आज मंगलवार बेलुकी ५ बजेर १० मिनेटतिर पोष्ट गरेको यो स्ट्याटसलाई ६ बजेर ५० मिनेटसम्ममा ७ हजारभन्दा बढीले लाइक र २०० भन्दा माथीले सियर गरेका छन् । कमेन्टमा अभिनेत्री श्वेता खड्का श्रेष्ठलाई कमेन्ट गर्ने फ्यानहरुले आफुलाई सम्माल्न सुझाव दिइरहेका छन् । अहिले सम्म कमेन्ट ३५० भन्दा बढी आइसकेको छ ।

अभिनेत्री श्वेता खड्का श्रेष्ठले आफ्नो फेसबुक फ्यानपेजमा लेखेको पोष्ट हेर्नुहोला

अनेक कोसिश गर्छु म अगाडी हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन,
भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
रुन्न भन्छु, अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गाह्रो भयो आफैले आफैंलाई समाल्न ।।

[gss ids=”5283,5282,5280″]

प्रतिक्रिया