Bisal Chautari Logo

दर्शक/श्रोतालाई आदिको ‘सम्बोधन’

- ९ माघ २०७०, बिहीबार ०७:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ९ माघ ।
गायक आदि याक्थुम्बा आफ्नो दोस्रो एल्बम ‘सम्बोधन’ लिएर दर्शक/श्रोतामाझ आएका छन् ।
केही वर्षअघि बजारमा ल्याएको ‘सम्झौता’ नामक एल्बममा संग्रहित ‘धनमा रहेछ माया’ बोलको गीतबाट चर्चामा आएका गायक आदिले यसपटक दर्शक/श्रोतालाई ‘सम्बोधन’ दिएका हुन् । कल्याण सिंहको संगीत र सुशीलको शब्द रहेको ‘धनमा रहेछ माया’ गीत सन् २०१० मा इमेज अवार्डमा मनोनयनमा परेको थियो । ‘उही गीतले मलाई लाखौं नेपाली दर्शक/श्रोतामाझ चिनाएको थियो,’ उनी स्मरण गर्छन्, ‘अबको एल्बमबाट पनि उस्तै माया पाउनेमा विश्वस्त छु ।’
गीतकार तथा संगीतकार कृष्ण लिम्बूसागको सहकार्यमा सातवटा गीत समेटेर ‘सम्बोधन’ बजारमा ल्याएको उनी बताउाछन् । यस एल्बममा संग्रहित ‘हेरिरहूा’ बोलको गीत नेपालका विभिन्न टेलिभिजनमार्फत सार्वजनिक भइसकेको छ ।
क्यानडामा नेपाली भर्सटायल गायक तथा गीतकारको छवि बनाइसकेका उनले काठमाडौंमा लामो समय सांगीतिक क्षेत्रमै खर्चेका थिए । केही वर्षअघि क्यानडा पुगेका उनी गीतसंगीतलाई प्यासन ठान्छन् । ‘मेरो म्युजिकभन्दा अरु क्षेत्रमा रुचि नै छैन,’ उनी भन्छन्, ‘काठमाडौंमा रहादा संयोगले साहित्यिक पत्रकारिता पनि गरिटोपलियो । सुदीप समीप, सचित राई, अशोक राईलगायत साथीहरुसाग मिलेर ‘साइनो’ पत्रिकामार्फत बहुलता, विमर्श र संवादका लागि आह्वान गरेका थियौं ।’ 
विद्यालय तहदेखि नै गायन यात्रा थालेका उनले २०५६ सालमा पहिलो गीत ‘कस्तो झझल्को’ रेकर्ड गरेका थिए । ‘त्यसपछि पनि एल्बम निकाल्न भनेर निरन्तर गीत रेकर्ड गरें तर एनालग प्रविधिको आउटपुट राम्रो नलागेर बजारमा ल्याइना,’ उनी भन्छन्, ‘सन् २०१० मा सम्झौता ल्याएा । यस एल्बमका गीतले मलाई चिनायो ।’

प्रतिक्रिया