7th nefta film award 2014 in hong kong
विशाल चौतारी समाचार
खोटाङ, २०७१, भाद्र १५ सोमबार । नेपाली चलचित्र क्षेत्रमा एउटा उत्सवको रुपमा मनाइदै आइएको फिल्म अवार्ड अझ बढी अन्तराष्ट्रिय स्तरको हुदैछ । सातौ संस्करणमा आइपुगेको अवार्ड हङकङमा आयोजना हुन लागेको छ । ‘सातौं नेफ्टा फिल्म अवार्ड’लाई गहना कम्पनी रिद्धी सिद्धी ज्वेलर्सले मुख्य प्रायोजकको रुपमा साथ दिएको छ । हिजो काठमाण्डौको बानेश्वर स्थीत एभ्रेष्ट होटलमा आयोजना गरिएको कार्यक्रममा रिद्धी सिद्धी ज्वेलर्स मुख्य प्रायोजक रहेको घोषणा गरिएको थियो । त्यस्तै हङकङमा हुन लागेको फिल्म अवार्डलाई हङकङमा बसोबास गर्दै आइरहेका नेपाली संघसंस्थाहरुको ठुलो हात रहेको छ ।
फिल्म अवार्डको विषयमा बोल्दै प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विदेशमा नेपाली फिल्म पुग्नु आफैमा खुशीको कुरा भएको बताउदै नेपाली फिल्म क्षेत्र अन्तराष्ट्रिय बन्दै गइरहेको बताए । महा–अभिनेता राजेश हमालले यस अवार्डका लागी हङकङ जाने प्रस्तावमा रिजालले आफुलाई जान मनपरेको र त्यो समयमा टाइम मिले जाने विश्वास दिलाए ।
त्यस्तै कार्यक्रममा फिल्म अवार्डका लागी हङकङबाट आएका आयोजक खोटाङ सोसाइटी हङकङका अध्यक्ष तेज प्रकाश राईले यो आयोजना नेपाली फिल्म क्षेत्र र कलाकारहरुको सम्मानका लागि गर्न लागिएको बताए । हङकङमा बसोबास गर्ने नेपालीहरु कलाकारहरुलाई एउटै मञ्चमा एकसाथ देख्न आतुरपनि रहेको तेज प्रकाश राईले बताए ।
[gss ids=”5252,5247,5246,5243,5242,5241,5240,5239,5250,5235,5234,5233,5232,5231,5230,5229,5228,5227,5225,5224,5223,5248,5253,5245,5251,5244,5238,5237,5236,5221″]
कार्यक्रममा बोल्दै आयोजक चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आफूहरुले कुरा भन्दा पनि काम गरेर देखाउने बताए । उनले कार्यक्रममा धेरै सहयोग गर्ने ब्याक्तिहरुको नाम लिदै भने–‘आफूहरु अगाडि लम्कदै गर्ने, कराउनेहरु कराउँदै गर्छन् । अवार्डलाई किनभने भब्य बनाउनु छ ।’ अभिनेता राजेश हमालले अध्यक्ष मनोज केसिको कुरालाई प्राथमिकता दिदै अवार्डलाई निरन्तरता दिनु नै आफैमा महत्वपूर्ण काम भएको भन्दै नेफ्टाको कामको प्रशंसा गरेका थिए । पछिल्लो समयमा नेफ्टा अवार्ड अन्तराष्ट्रि बन्दै गइरहेको बताउदै अभिनेता हमालले सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई हङकङ कार्यक्रममा जानका लागी आग्रहपनि गरेका थिए ।
त्यस्तै नेपाल चलचित्र प्राविधिक संघसँग सुनिल कुमार थापा प्रोडक्शनले सहकार्य गदै यो अवार्ड आयोजना गर्न लागेको हो । सुनिल कुमार थापा प्रोडक्शनका प्रमुख निर्माता सुनिल कुमार थापाले सुरुवातमा हङकङमा अवार्ड आयोजना गर्ने सोच राख्दा केही गाह्रो भएपनि अहिले सबैको सहयोगले अगाडि बढेको बताए । सुनिलले भने–‘रिद्धी सिद्धीको सहकार्यले हामिलाई नेपालबाट एक सय कलाकार लैजान सहयोग मिलेको छ । हङकङका लागि विनय शाह र उनको टिमले सम्पूर्ण जिम्मा लिएको छ’, सुनिलले बताए ।
रिद्धी सिद्धीका सीइओ नरेन्द्र प्रसाद गुप्ताले यो अवार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै आफ्नो ब्रान्डलाई सन् २०१५ सम्ममा अनलाइनमार्फत विश्वभर पुर्याउने बताए । अभिनेता राजेश हमालले निरन्तर रुपमा अवार्ड गर्नु नै आफैमा महत्वपूर्ण काम भएको बताए । कार्यक्रममा बोल्दै अभिनेता निर शाहले नेफ्टा अवार्ड विना राष्ट्रिय चलचित्र उद्योग नै खल्लो हुने बताए । गतबर्ष मलेसियामा अवार्ड आयोजना गरेको नेफ्टाले यसबर्ष हङकङमा अवार्ड गर्न लागेको हो । ब्रान्ड घोषणा कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चचिर्त कलाकारहरुको उपस्थिती थियो ।
प्रतिक्रिया