Bisal Chautari Logo

ह्वील चेयरबाट ‘मोक्ष’ले जगायो नेपाली सिनेमाको आसा

- ९ माघ २०७०, बिहीबार १५:५४ मा प्रकाशित


Exclusive-Mokchya-news 
विशाल चौतारी समाचार
काठमाडौं, ९ माघ ।
पछिल्लो समयमा नेपाली चलचित्रहरु व्यावसायिक रुपले मात्रै सफल बनिरहेको छैन, राम्रा चलचित्र बन्दैछ, भन्ने उदाहरणपनि विस्तारै देखिन थालेको छ । यस्तै पछिल्लो उदाहरणिय चलचित्र हो, ‘मोक्ष’ । काठमाण्डौको जय नेपाल हलमा चलचित्र ‘मोक्ष’को विहिवार गरिएको च्यारीटिबाट सो कुरा प्रमाणित भएको हो ।
चलचित्र हेरेर निश्किएका अधिकांश पत्रकार, चलचित्रकर्मि तथा दर्शकहरुले चलचित्रलाई एउटा उदाहरणीय चलचित्र बनेको बताए । लामो समयपछि यति राम्रो चलचित्र बनेको बताउँदै चलचित्रका निर्माता तथा वितरक सुनिल मानन्धर र निर्देशक प्रविण श्रेष्ठलाई बधाई दिनेको लस्कर लामै थियो । अपाङगताको क्षेत्रमा काम गर्दै आएको सक्षम नेपालले आयोजना गरेको च्यारेटीमा नेपाली चलचित्रमा सफल मानिएका अभिनेता तथा अभिनेत्रीहरुले चलचित्र हेरीसकेपछि समिक्षा गर्दै  ‘चलचित्रमा खोट लगाउने ठाउँ नभएको बताएका थिए । चलचित्रका निर्माता मानन्धरले च्यारेटीबाट उठेको रकमको ६० प्रतिशत आयोजक संस्थालाई प्रदान गरिने बताएका छन् । चलचित्रको च्यारीटि बाट मात्रै ४ लाखको मात्र टिकट बिक्रि भएको मानन्धरले बताए । च्यारिटि पश्चात सामाजिक सञ्जालमा विभिन्न कलाकार पत्रकार समिक्षक तथा दर्शकहरुको प्रतिकृयाले आफु खुसी रहेको निर्माता मानन्धरले बताए । कुराकानिको क्रममा आफुले जे सोचेर चलचित्रमा लगानि गरेको थियो, आज आएर सबैले चलचित्र मनराइदिदा आफुले राम्रो चलचित्रको छनौट गर्न सकेको मानन्धरले बताए । यस भन्दा अगाडीका चलचित्रहरुको कथा नबुझि लगाउनी गर्ने गरेकोले आफु केहि चलचित्रबाट घाटा बेहोर्नु परेको सुनिल मानन्धरले बताए । तर चलचित्र ‘मोक्ष’को कथा आफुले नै अध्ययन गरेर लगानि गरेकाले राम्रो बनेको मानन्धरले बताए ।
धेरै राम्रा मानिएका चलचित्रहरु व्यावसायिक रुपमा सफल हुन सकेको छैन । तर चलचित्र ‘मोक्ष’का निर्माता मानन्धरलाई यस चलचित्रबाट सिनेमाले लगानि उठाउने मात्र होइन, नेपाली चलचित्र क्षेत्रमा एउटा सकारात्मक छाप छोड्ने बताए । चलचित्र विभिन्न देशहरुमा च्यारीटी गर्नका लागी कुराकानि भइसकेको मानन्धरले बताए । अहिले च्यारीटिका लागी युएस, अष्ट्रेलिया, युएइ, युके लगायत देशहरुमा लगभग फिक्स भइसकेको बताए । चलचित्रमा अभिनेत्री निशा अधिकारीले चलचित्रको प्रोमोशनमा साथ दिएको बताउदै नेता र खेलाडी राखेर विशेष सो कार्यक्रम राख्ने मानन्धरले बताए ।
चलचित्र ‘मोक्ष’मा कोशिश क्षेत्री र बेनिशा हमालको मुख्य भूमिका रहेको छ । चलचित्र निर्देशक प्रविण श्रेष्ठकै जीवनीमा आधारित रहेको बताए । अभिनेता क्षेत्री र अभिनेत्री हमालको कामलाईपनि सबैले प्रशंसा गरेका थिए । चलचित्र ‘मोक्ष’ माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

प्रतिक्रिया