Bisal Chautari Logo

राज्यले सम्मान नगरेपछी साम्दे शेर्पाको सम्मानमा राष्ट्रिय पुरस्कार घोषणा

- १५ भाद्र २०७१, आईतवार ०४:४२ मा प्रकाशित


Shamde Sherpa
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १५ आइतबार । नेपाली कलाकारीता क्षेत्रमा कलाकारहरुको सहि सम्मान हुन अझै सकिरहेको छैन । राज्यले सम्मान नगरेपछि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्वर्गीय वरिष्ठ हाँस्य कलाकार साम्दे शेर्पाको सम्मानमा साम्दे शेर्पा राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ । आयोजकले हिजो राजधानीको युनियन हाउसमा एक कार्यक्रमको आयोजना गर्दै साम्दे शेर्पा पुरस्कारको घोषणा गरेको हो । Shamde Sherpa
प्रत्येक वर्ष हाँस्य विधाका तर्फबाट नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउनेलाई ५१ हजार राशी र ट्रफीसहितको पुरस्कार प्रदान गरिने कार्यक्रममा आयोजकले जानकारी दिए । पुरस्कारका लागी केन्द्रले साम्दे शेर्पा स्मृति कोष खडा गरेको छ । जसमा लगभग ९ लाख रकम जम्मा भइसकेको छ । ‘यसलाई बढाएर ३० लाखसम्म पुर्‍याउने अभियान जारी छ’, स्मृति कोषका संयोजक पेम्बा गेलु शेर्पाले जानकारी दिए । कोष खडा गर्नका लागी भर्खरै केन्द्रले गायक गम्बु शेर्पाको एकल साँझ सम्पन्न गरेको थियो ।

[gss ids=”5214,5213,5211″]

यस्तै, सोही कार्यक्रममा मार्फत साम्दे शेर्पा स्मृति कोषको विषयमा सम्पुर्ण जानकारी दिने उद्देश्यका साथ प्रकाशित स्मारिकाको प्रमुख अतिथि वरिष्ठ अभिनेत्री वसुन्धारा भुषालको हातबाट विमोचन समेत गराइयो । करिब एक दशकअघि अमेरिकामा आफ्नो प्रस्तुती दिएर नेपाल फर्कने क्रममा नेपाली रंगमञ्चका एक मुर्धन्य हाँस्यकलाकारका रुपमा परिचित साम्दे शेर्पा भारतबाटै बेपत्ता भएका थिए । बेपत्ता भएका उनको न अहिलेसम्म लास नै मिलेको छ, न सास नै । राज्यले पनि साम्देको विषयमा बेवास्ता गरेका भन्दै कार्यक्रममा सहभागी वरिष्ठ हास्यकलाकार राजाराम पौडेल, नेपाल कलाकार संघका अध्यक्ष नवल खड्का, गायक गम्बु शेर्पा लगायतले गुनासो गरेका थिए ।

प्रतिक्रिया