Bisal Chautari Logo

मुर्हतसँगै ‘पास्ट’ को सुटिङ धमाधम

- १५ भाद्र २०७१, आईतवार ०३:४१ मा प्रकाशित


past nepali moviepast nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १५ आइतबार । बितेका दिनले भबिष्यमा कस्तो असर पार्छ भन्ने कथामा ‘पास्ट’ नामक चलचित्र निर्माण थालीएको छ । गत शुक्रबार भक्तपुरको त्रिशुल डाँडामा शुभमुर्हतसँगै सुटिङ सुरु गरिएको ‘पास्ट’ को निर्देशक नवीन निरौला हुन् । निरौलाले यसअघि ‘फिङ्गरप्रिन्ट’ निर्देशन गरेका छन् ।
निर्देशक नवीनकै स्क्रिप्ट रहेको ‘पास्ट’ को निर्मार्ता रामकृष्ण थापा हुन् । चलचित्रमा आनन्द पुन, मोनिका दाहाल, बिश्वराम खड्का (भेना), रामकृष्ण थापा, रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलक उपाध्याय, प्रकाश कुसारी (सम्राट) लगायतका कलाकार छन् । प्रेमकथानक चलचित्र मनोरञ्जनले भरिएको निर्देशक नवीनले बताए । ‘पूर्ण मनोरञ्जनका साथै चलचित्रमा मिठो सन्देश पनि छ,’ उनले भने, ‘आम दर्शकले मन पराउने चलचित्र बनाउने प्रयासमा छु ।’ ‘पास्ट’ मा भरत क्षेत्रीको द्धन्द्ध निर्देशन, नीम संगीतको संगीत छ । ललीत कटुवाल मुख्य सहायक निर्देशक रहेको चलचित्र रामेश्वर हुमागाइँले खिचीरहेका छन् । दशैअघि सुटिङ सकाउने लक्ष्य राखीएको जानकारी निर्माता थापाले दिए ।

 

प्रतिक्रिया