Bisal Chautari Logo

खोटाङमा रकम हिनामिना गर्ने प्रअलाई पदबाट हटाइयो

- १४ भाद्र २०७१, शनिबार १७:४८ मा प्रकाशित


khotang news education
भिम राई
खोटाङ, २०७१, भाद्र १४ शुक्रबार । खोटाङ जिल्लाको दक्षिणी गाविस ईन्द्राणीपोखरी स्थित एक विद्यालयका प्रधानाध्यपकले विद्यालयको रकम हिनामिना गरेको खुलाशा भएको छ । ईन्द्राणीपोखरी–स्थित ईन्द्राणीपोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद भट्टराईले विद्यालयको छ लाख ८० हजार पााच सय ९७ रुपैया र विभिन्न भौतिक र शैक्षिक सामाग्रीका लागि आएको रकम हिनामिना गरेको खुलाशा भएको हो । khotang news education
रकम हिनामिना गरेको खुलाशा भएपछि भट्टराईलाई विद्यालयले प्रधानाध्यापकबाट निष्काशन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । भट्टराईलाई व्यवस्थापन समिति र अभिभावकको उपस्थितिमा प्रधानाध्यापकबाट हटाइएको व्यवस्थापन समितिको भनाइ छ ।
रकम हिनामिना गरेको रकम फिर्ता गर्न पटक–पटक समय तोकेपनि फिर्ता नगरेपछि विद्यालय व्यवस्थापन समितिले भट्टराईलाई हटाएर अर्का शिक्षक तोयानाथ ढुङ्गानालाई प्रधानाध्यापकमा नियुक्ति गरिएको स्थानीय मनिकला राईले जानकारी दिनुभयो । उहााका अनुसार हिनामिना गरिएको रकम गत जेष्ठ महिनाभित्र फिर्ता गर्ने प्रधानाध्यापक भट्टराईले प्रतिबद्धता जनाएपनि हालसम्म फिर्ता नगरेकोले प्रधानाध्यापकबाट हटाइएको हो ।
भट्टराईले हिनामिना गरिएको एक हप्ताभित्र र बााकी दुई महिनापछि फिर्ता गर्ने बैठकमा लिखित प्रतिबद्धता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राईले बताउनुभयो । यसबारे घरायसी समस्याले आफूले प्रशासनिक काम गर्न नभ्याउने भएकाले प्रअबाट राजीनामा दिएर शिक्षकको रुपमा मात्र काम गर्न मनासायले आफूले प्रअबाट राजीनामा दिएको भट्टराईले बताउनुभएको छ ।

प्रतिक्रिया