Bisal Chautari Logo

मल्लिका भन्छिन्–‘घुँडा देखिँदा आङै सिरिङङ हुन्छ’

- १४ भाद्र २०७१, शनिबार १७:१८ मा प्रकाशित


mallika karki

– मल्लिका कार्की, गायिका
mallika karki (1)

संगीत क्षेत्रमा टिक्नै नसक्ने अवस्था आयो भने ?mallika karki (2)
राम्रो ब्युटिपार्लर खोलेर बस्थेँ ।
अभिनेता राजवल्लभ र आर्यन सिक्देल रातो गुलाफ बोकेर आए कसको प्रस्ताव स्विकार्ने ?
राजवल्लभसँग सामान्य परिचय मात्र हो । आर्यनसँग भने राम्रै सम्बन्ध छ । हाम्रो म्युजिक भिडियोमा राम्रो मोडलिङ गरेका छन् । त्यसैले आर्यनकै गुलाफ लिन्थेँ ।
दस करोड रुपियाँको लोभ देखाएर कसैले नग्न फोटोसुटको प्रस्ताव गरे ?
१० करोड डलर दिए पनि नग्न फोटोसुट गदिनँ । मेरो समाजले दिँदैन, मर्यादाले मान्दैन ।
कम्मरमुनिको कुनै एउटा अंग हटाउनुपर्ने बाध्यता आइलागे ?
मल्लिका त्यसै यति सुन्दर भएकी होइन । सबै अंग मिलेर मेरो सौन्दर्य बढाएका छन् । यी सबै आवश्यक छन् । तैपनि बाध्यता नै आइलागे खुट्टाको कान्छी औँला अलि बांगो छ, त्यही हटाइदिन्थेँ ।
जिस्म–३ बन्ने भयो र तपाईंलाई हिरोइन बन्ने अफर आयो भने ?
मलाई सन्नी लियोनको जस्तो गरेर चर्चा कमाउनु छैन । कपडा अलिकति सरेर घुँडा मात्रै देखिँदा त आङै सिरिंग हुन्छ मेरो, बिकिनी कसरी पहिरिन सक्छु ?
नेपालकै होचा खगेन्द्र थापामगरले विवाहको प्रस्ताव गरे ?
उहाँले एउटा कन्सर्टमा मलाई प्रस्ताव गरिसक्नुभएको पनि हो, त्यतिबेला मैले त्यसलाई जोक्सका रपमा लिएँ । अब पनि जोक्सकै रपमा लिनेछु ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
के गर्नु र π विवाह गरिसकेपछि न नैतिकताले नै पोइला जान दिन्छ न त जीवनदेखि हारेर मर्नै सकिन्छ । चुप्प लागेर टाउकामा हात राखेर बस्थेँ ।mallika karki (3)

प्रतिक्रिया