Bisal Chautari Logo

पोखरामा ‘नेपथ्य’ले कन्र्सट गर्ने

- १० माघ २०७०, शुक्रबार ०९:०४ मा प्रकाशित


विशाल चौतारी समाचार
पोखरा, १० माघ ।
नेपालको चचिर्त व्याण्ड ‘नेपथ्य’ले पहिलोपटक खुला आकाश मुनि कन्सर्ट गर्नेभएको छ । पोखराबाट उदाएको चर्चित व्यान्ड नेपथ्य टोलीले यसअघि सभागृहमा बन्द हल भित्र मात्रै आफुलाई प्रस्तुत गर्दै आएको थियो ।
फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रको मैदानमा ‘नेपथ्य’ गुञ्जिने भएको हो । खुला आकाश मुनि ‘नेपथ्य’लाई सुन्ने चाहना केहि वर्षदेखि नै पोखरेली संगीतप्रेमीले गर्दै आएका थिए । गत वर्ष बेलायतको वेम्बले एरेनामा सम्पन्न कन्सर्टदेखि यस टोलीलाई आफ्नै घरदैलोमा सुन्ने चाहना झनै बढ्न पुग्यो । ‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान आयोजना गरेको थियो । आयोजक ‘नेपालय’का अनुसार यो खुला कन्सर्ट ‘शान्तिको लागि शिक्षा’कै निरन्तरताका रुपमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया