Bisal Chautari Logo

‘त्रिशुली मायाको’ बोलको गीत सार्वजनिक

- ८ आश्विन २०८२, बुधबार २२:१० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज, ८ बुधवार।
गायक सुरज श्रेष्ठ र गायिका दिपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो ‘त्रिशुली मायाको’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रल्हाद सुवेदीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

समकालिन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्यूजन गराएका छन् । आधुनिक जनरामा रमाइरहेका गायक श्रेष्ठ भन्छन्, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु।’

रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुधिरले उषा फकाउन अभिव्यक्त गरेको प्रस्तुतिलाई भिडियोमा निर्देशक शान थापाले रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् । बाल कलाकार अर्चीता गौतमलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन तता छायांकन पवन सुस्लिङको छ ।

प्रतिक्रिया