बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज, ८ बुधवार। नयाँ नेपाली फिल्म ‘चिराग’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रिलिज मिती तय गर्दै पोस्टर सार्वजनिक गरेको हो । ‘चिराग’ आगामी मंसिर ५ बाट देशब्यापी रिलिजमा आउने बताइएको छ । सार्वजनिक पोस्टरमा कलाकार त्यागमूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । उनलाई कसैले कुल्चिएको छ । त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् ।
फिल्म आशाको चिराग कहिल्यै निभ्दैन भन्ने ट्यागलाइन राखिएको छ । यो फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय रहेको छ । फिल्ममा सह लेखन नरेश प्रसाद भट्ट र संकला गौतमको रहेको छ । यस्तै फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने । पार्श्व सङ्गीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवारको रहेको छ ।
राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । यस्तै कल्पेश विश्वकर्मा कलरपोस्टरको जिम्मेवारीमा छन् भने भिएफएक्स दिनेश ढकालले गरेका छन् । फिल्ममा श्रृङ्गार डीके हमालको छ । फिल्ममा गीतसंगीत पनि त्यागमूर्तिकै रहेको छ ।
प्रतिक्रिया