Bisal Chautari Logo

कसले रुवायो राते काइलालाई ! (फोटो फिचर सहित)

- ११ भाद्र २०७१, बुधबार १७:४२ मा प्रकाशित


Sunil Thapa movie Mary kom
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ११ बुधबार । अभिनेता सुनिल थापा अहिले बलिउड चलचित्रमा अभिनयको कारण चर्चामा छन् । बक्सिङ खेलाडी मेरी कोमको जिवनीमा आर्धारित चलचित्र ‘मेरी कोम’मा अभिनेता थापाले मुख्य अभिनय निर्वाह गरेका छन् । यही सफलतालाई बधाई तथा शुुभकामना दिनका लागी आफ्ना निकटका साथीहरुले बुधबार गरेको सम्मान कार्यक्रममा चर्चित अभिनेता थापा निक्कै भावुक देखिए । उनी बोल्ने क्रममा ढिलपिल आशुुहरु रोक्न नसकेपछी रोएका थिए ।Sunil Thapa movie Mary kom
नेपाली सिने जगतमा राते काइला उपनामले चर्चित अभिनेता थापाले सञ्जयलीला भन्साली जस्ता चर्चित निर्माताको ब्यानरमा बलिउडकै सफल अभिनेत्री तथा पुर्व मिस वल्ड प्रियंका चोपडाको गुरु भएर मेरी कोममा समेत काम गरेका हुन् ।
अभिनेता सुनिल थापाको सम्मान कार्यक्रममा धेरै कलाकार तथा उनलाई नजिकबाट चिन्ने ब्याक्तिहरुले एक–एक शब्दमा बोलको थिए । धेरै व्याक्तिहरुको नजरमा अभिनेता थापालाई राम्रो ब्याक्तित्वको धनीको रुपमा परिभाषित गरेका थिए । आफ्नो सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अभिनेता सुनिल थापा रोएका थिए । उनको आसुु खुसीको आसु रहेको थियो । कार्यक्रममा अभिनेता सुनिलले भने –‘म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु कि, नेपालमा पनि निक्कै प्रतिभा भएका कलाकार छन् ।’

[gss ids=”5159,5154,5155,5156,5157,5162,5161,5160,5158,5163,5164,5165,5166,5167,5152″]

सेप्टेम्बर ५ बाट प्रदर्शनमा आउन लागेको यो सिनेमा चलचित्र प्राविधिक संघ, श्रीराम बालाजी फिल्मस् र मौरी इन्टरटेन्मेन्टले यस सम्बन्धमा बुधबार अन्नपुर्ण होटलमा आयोजित एक भव्य कार्यक्रमाको आयोजना गरेको थियो । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, हास्य अभिनेता विल्सन विक्रम राई, गीतकार विकास राणा, अभिनेता संयम पुरी, वितरक सुनिल मानन्धर, प्रदीप उदय, कलाकार यूवराज लामा, चलचित्र संघका अध्यक्ष नकिम उद्धिन, हल व्यवसायी मोहन सराफ लगायतले थापाका बारेमा एकै लाइनमा बोलेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा अभिनेता थापाले भने–‘मेरो जीवनमा यस्तो इमोशनल क्षणा आउला भनेर मैले सोचेको थिइन । मलाई आज एक पूर्ण कलाकार भएको महसुस भइरहेको छ । मलाई यहा मन नपराउने पनि धेरै होलान् । तर, आजसम्म मैले कसैलाई घृणा भने गरेको छैन । मलाई जीवनमा हुन्न भन्ने कहिल्यै पनि आएन । म आज जहा छु, जुन स्थानमा पुगेर सिनेमा खेल्दैछु, यो मेरो सफलता होइन । मैले यसलाई सिंगो नेपाली सिने नगरीको सफलताको रुपमा हेरेको छु । जीवनमा धेरै उतार–चढाव आए, धेरै दिक्दार लाग्दा दिनहरु पनि आए । तर, मैले हरेश खाइन, सधैं सुनौलो दिनका लागि प्रतिक्षा गरिरहे । यदि कसैमा धैर्यता छैन भने उसले सिने नगरीमा नआए पनि हुन्छ’, अभिनेता सुनिल थापाले बताए ।
अभिनेता थापाले बोलेका एक अंश
म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु कि, नेपालमा पनि निक्कै प्रतिभा भएका कलाकार छन् । मलाई हिन्दी सिनेमा खेल्दै गर्दा मुम्बई छोडेर नेपाल आउदा धेरै साथीहरुले गाली गरे । तर, म विश्वलाई देखाउन चाहन्छु, नेपालमा निक्कै राम्रा कलाकार छन् । चलचित्र मेरी कोमसम्म यात्रा गर्दा मेरो जीवनमा निक्कै अनौठा घटना घटेका छन् । मलाई एकदिन मुम्बईबाट फोन आयो । यो चलचित्रका कास्टिङ डाइरेक्टरले मलाई फोन गरेका थिए । उनले मलाई मेरी कोमका बारेमा बताउदै सिनेमाका लागि अफर गरे । उनले सञ्जयलीला भन्सालीलाई चिन्नुहुन्छ ? भने । मैले उनलाई चिनिन भने त कलाकार नै हुन सक्दिन भनेको थिए । मलाई केही संवाद पठाएर यसमा अभिनय गरेर पठाउनु भनियो । मैले केही साथीहरुको सहायतामा जिममा पुगेर अभिनय गरें र त्यसको भिडियो पठाए । सञ्जयलीला भन्साली र अभिनेत्री प्रियंका चोपडा त्यतिबेला क्यानडामा थिए । सञ्जयले मेरो भिडियो हेरेपश्चात् तुरुन्तै बोलाउन भनेपछि म मुम्बई पुगेको थिए । बलिउड निक्कै व्यवसायी र व्यवस्थित छ । म त्यहा पुगेपछि सुरुवातमा वर्कशप गरियो । अभिनेत्री प्रियंका चोपडा पनि त्यहा निरन्तर सहभागी हुन्थिन् । हामीले दिनको ४ घन्टासम्म वर्कशप गर्नुपथ्र्यो । यसपछि मैले जिममा भर्ना भए र शरीरलाई मजबुत बनाए । बलिउडका कलाकार अरुलाई निक्कै रेक्स्पेक्ट गर्छन् । त्यहा व्यवसायिकता भन्ने कुरा निक्कै ठूलो हो । दैनिक १२ घन्टासम्म हामीले निरन्तर सुटिङ गर्‍यौं । बलिउडमा मैले यो सिनेमा संगै नया अनुभव गर्ने मौका पाए । यो चलचित्रको गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार सुनील थापा निक्कै प्रतिभावान भन्दा मलाई नेपाली भएकोमा गर्व लाग्यो । यो मेरो मात्र होइन, नेपाली चलचित्र नगरी र सबै कलाकारको सफलता हो ।
कमेडी नाइट विथ कपिलको शोमा नजानुको कारण
भारतको चचिर्त रियालिटी शो कमेडी नाइट्स विथ कपिल शोमा म पनि जाने कुरा थियो । तर, कार्यक्रममा अन्तिमतिर हामी पनि सिनेमा छौं भनेर देखाउन खोजेका थिए कपिलले । तर, अन्तिममा त्यो पनि दर्शक दीर्घाबाट आउनुपर्ने भनेपछि मैले चलचित्र मेरी कोमका निर्देशकलाई म जान्न भनें । म पनि नेपालको निक्कै नाम चलेको कलाकार हु, मेरो पनि प्रतिष्ठा छ, यदि सोझै अगाडिबाट स्टेजमा लगिन्छ र कुराकानी गर्ने हो भने म जान्छु, नत्र जान्न भनें ।

प्रतिक्रिया