Bisal Chautari Logo

खेमराज गुरुङको ‘तिज नजिक आइसक्यो’ चर्चामा

- ११ भाद्र २०७१, बुधबार ०६:५९ मा प्रकाशित


Teej Najik Aaisakyo by Khem Raj Gurung & Rima Gurung Hoda
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १० मंगलबार । पछिल्लो समय नेपालमा मनाइने पर्वहरुमा सबैभन्दा बढी लोकप्रिय बन्दै गइरहेको तिज गायक–गायिकाहरुको लागी एल्बम निकाल्ने तथा गीतहरु बनाउने माध्ययम बनेको छ । यही तिज पर्वमै केन्द्रित रहेर अहिले सबैभन्दा बढी गीतहरु बनिने गरेको छ । Teej Najik Aaisakyo by Khem Raj Gurung & Rima Gurung Hoda
यस्तै क्रममा चर्चित वारी जमुना पारी जमुना गायक खेमराज गुरुङलेपनि तिजको अवसरमा गीत सार्वजनिक गरेका छन् । ‘तिज नजिक आइसक्यो’ बोलको गीत गायक खेमराज गुरुङले सार्वजनिक गरेका हुन् । गायक स्वयमकै संगीत, रहेको गीतमा गायिका रिमा गुरुङ होडालेपनि स्वर दिएकी छिन् । यस गीतलाई चर्चित गीतकार कुमार बिबाहीतले लेखेका हुन् । सबिन पोखरेलले निर्देशन गरेको तिज बिशेष म्युजिक भिडियोमा अभिनेत्री पुजना प्रधान र सबिनले मोड्लिङ गरेका छन् । अहिले यो गीत विभिन्न टेलिभिजनहरुमा चर्चामा रहेको छ ।

प्रतिक्रिया