Bisal Chautari Logo

जेम्सको सेल्फी भिडियो सार्वजनिक

- ११ भाद्र २०७१, बुधबार ०४:५० मा प्रकाशित


Jems Pradhan ONE MAN VIDEO Ma Hide Hai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ११ बुधबार । चर्चित गायक जेम्स प्रधानले सेल्फी म्युजिक भिडियो तयार गरेका छन् । गायक प्रधान स्वयमले रचना, संगीत, गायन, एरेञ्ज, बाद्यवाधनको प्रयोगदेखि निर्देशनसम्म आफैंले गरेको भिडियो हिजो मंगलबार मण्डला थिएटरमा सार्वजनिक गरिएको हो ।Jems Pradhan ONE MAN VIDEO Ma Hide Hai (1)
‘म हिँडे है’ बोलको गीतलाई गायक जेम्स आफैंले खिचेका हुन् । जेम्सले सेल्फी म्युजिक भिडियो सम्भवत: संसारकै पहिलो भएको अनुमान गरे । भने–‘गुगलमा खोज्दा अमेच्योर सेल्फी भिडियोहरु थुप्रै भेटिए पनि सम्पूर्ण रुपमा व्यावसायिक लाग्ने भिडियो भेटिनँ । नेपाली संगीतमा नयाँ प्रयोग हुन्छ भन्ने लागेर सेल्फी भिडियो तयार गरेको हुँ,’गायक जेम्सले बताए । म्युजिक भिडियोमा पाटन, वसन्तपुर, पशुपति, बौद्ध आदि काठमाडौका पर्यटकिय ठाउँका दृश्यहरु समेटिएको छ । उनले भिडियो तयार गर्न डेढ महिना लागेको गायक प्रधानले बताए ।

[gss ids=”5143,5140,5141,5144,5142″]

२०५३ सालदेखि नेपाली संगीतमा सक्रिय गायक जेम्स प्रधानले १० वटा एकल एल्बम सार्वजनिक गरिसकेका छन्, भने गायन र संगीतसँगै रेडियो तथा भिडियो जिङगलका लोकप्रिय आवाज जेम्सको रचना संगीतमा थुप्रै गायकले आफूलाई स्थापित गराएका छन् ।

Jems Pradhan ONE MAN VIDEO Ma Hide Hai

This is SELFIE Music Video but all done by one person like Camera, Edit, CC, Graphic, Music, Lyrics, Compose, Arrange by “Jems Pradhan” We can say this is ONE MAN VIDEO.

This video shoot from GoPro Hero3+ in Protune Mode, edit in Premiere Pro 6 and CC in Davinci Resolve 11.
This video has shoot in a beautiful country Nepal exploring most of the heritage places near by Kathmandu.

प्रतिक्रिया