Bisal Chautari Logo

खुसी थुलुङ्गको स्वरमा लिरिकल तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक

- ४ भाद्र २०८२, बुधबार १६:५३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ४ बुधवार।
हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब हप्ता दिन मात्रै बाँकी भएपनि तीजका नयाँ नयाँ गीतहरु सार्वजनिक गर्ने क्रम अझै जारी छ । यस्तैमा लोकप्रिय गायिका खुसी थुलुङ्गले आफ्नो मौलिक तीजगीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक गरेकी छिन ।
मंगलबार साँझ सार्वजनिक गीत ‘रातो सारी रातो चुरा’ गीतमा सुरेन्द्र रानाको शब्दरचना र बिरेन शाक्यको संगीत रहेको छ गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।

गायिका खुसी थुलुङ्गको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा तीज मनाउदा मितव्ययी भएर मनाउन ,फजुल खर्च न गर्न र रमाइलोको लागि मनाइने पर्व भएकाले नाच्दै गाउदै मनाउनको लागि लागि गीत मार्फत आग्रह गरिएको छ ।
यसअघि ‘खुसीका रङ्गहरू’ गीतिसङ्ग्रहको साथसाथै दर्जनौ गीतहरु सार्वजनिक भैसकेका खुसीको गीतमा सामाजिक संदेशलाइ प्रस्तुत गरिएको पाइन्छ । 

प्रतिक्रिया