Bisal Chautari Logo

सुवासको मुख्य भूमिका रहेको चलचित्र ‘फ्रेनीया’ को टिजर सार्वजनीक

- २९ श्रावण २०८२, बुधबार १३:१५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण २८ बुधवार
अभिनेता,निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट चलचित्र ‘फ्रेनीया’ को टिजर सार्वजनीक गरिएको छ । ‘कोही मेरो’,‘तोरी लाहुरे’,‘ब्रेकफेल’,‘सरि ल’,‘तथास्तु’,‘बिर्खेलाई चिन्छस्’ लगायतका चलचित्रका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् ।

एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’,‘तिमी आफ्नो’,‘कुल्चिहिड्छन फूललाई’लगायतका म्युजीक भिडियो तथा केही सर्ट फिल्म र सिरिजमा अभिनय गरेका छन् । एक चित्रकारको मनोबैज्ञानीक संघर्ष र सृजनाको बिषयमा निर्माण गरिएको ‘फ्रेनीया’ जम्मा २० मिनेट लामो छ । सुवास स्वयम्को निर्देशन रहेको सर्ट चलचित्रको निर्मातामा सुवास थापा,सुप्रिम बास्कोटा,नरेन्द्र साउद,हेमन्त न्यौपाने र बेजान फरामार्जी छन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता छन् ।
बेजान फरामार्जीले खिचेको चलचित्र पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो । सर्ट चलचित्रमा सुवास स्वयम् मुख्य भूमिकामा छन् । ‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवास अर्काे बर्ष नयाँ नेपाली फिचर चलचित्र निर्माण गर्ने योजनामा छन् ।

प्रतिक्रिया