बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण २० मंगलवार। वेब प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।
फिल्म आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । फिल्म २ घण्टा २९ मिनेट लामो रहेको छ ।
आशान्त शर्मा र मेनुका प्रधानसँगै कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।
गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनीले निर्माण गरेको फिल्मको निर्देशन अभिनेता शर्माले गरेका हुन् । फिल्मको पोस्टर डिजाइन रसिक राजले गरेका हुन् ।
निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको फिल्ममा मूल कथा श्रीमान श्रीमतीको भए पनि यसमा किशोर किशोरीहरू समेत भएकले यो सबै उमेर र वर्गका लागि स्वादिलो र हेर्न पर्ने प्रेरणादायी चलचित्र बनेको दाबी निर्माण पक्षको छ ।
मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणका कारण गलत निर्णय लिन पुग्ने अवस्थामा पुग्छ भन्ने कथा फिल्ममा भनिएको छ ।
प्रतिक्रिया