Bisal Chautari Logo

क्रिटिक्स अवार्डमा ऋचा र कोशिश उत्कृष्ट अभिनेता–अभिनेत्री (फोटो फिचर सहीत)

- १० भाद्र २०७१, मंगलवार ०२:०७ मा प्रकाशित


nepal Critics Award 2070 best actor, actress, director, movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १० मंगलबार । नेपाल चलचित्र समिक्षक समाजले पहिलो पटक काठमाण्डौमा ‘क्रिटिक्स अवार्ड २०७०’ वितरण गरेको छ । गत सोमबार सिंह दरवार पुर्वीगेट नजिकै रहेको मण्डला नाटक घरमा आयोजित अवार्ड समारोहमा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विभिन्न ७ विधामा अवार्ड पाउन सफल चलचित्रकर्मीहरुलाई पुरस्कृत गरेका थिए ।nepal Critics Award 2070 best actor, actress, director, movie
अभिनेतातर्फ चलचित्र ‘मोक्ष’बाट कोशिश क्षेत्रीले अवार्ड प्राप्त गर्दा अभिनेत्रीतर्फ चलचित्र ‘उमा’बाट ऋचा शर्माले अवार्ड हात पारेकी छिन् । चलचित्र ‘कर्कश’बाट लोकेश बज्राचार्यले सम्पादन विधामा, शैलेन्द्र डी कार्कीले ‘वधशाला’बाट छायांकन विधामा, उत्कृष्ट पटकथातर्फ ‘साँघुरो’बाट विनोद पौडेल, चलचित्र ‘साँघुरो’बाटै जोयस पाण्डेले उत्कृष्ट निर्देशकको अवार्ड जिते । स्म्यासिङ एप्पलले निर्माण गरेको चलचित्र ‘वधशाला’ समिक्षकहरुको नजरमा उत्कृष्ट सिनेमा ठहरियो । समिक्षक समाजले हरेक बर्ष अवार्डलाई निरन्तरता दिने बताएको छ । यस्तै समिक्षक समाजले भदौ २३ गतेबाट हरेक महिनाको सोमबार विश्वभरीका एक चलचित्र प्रदर्शन गरिने पनि बताएको छ ।

[gss ids=”5121,5122,5123,5120,5119,5117,5118,5116,5115,5114,5113,5112,5109″]

Critics Award 2070 best actor (nepal)
Critics Award 2070 best actress (nepal)
Critics Award 2070 best director (nepal)
Critics Award 2070 best movie (nepal)

प्रतिक्रिया