Bisal Chautari Logo

राजेश र निलमको ‘यो मनमा सायद तिमी नभए’ (भिडियो सहित)

- ८ भाद्र २०७१, आईतवार १८:५१ मा प्रकाशित


Neelam Roju Rai And Rajesh Payal Rai Song Yo Maan ma Sayad Song Full HD 
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ९ सोमबार । महिला संगीतकारको आकाशमा सम्भावना बोकेर आएकी संगीतकार निलम रोजु राईको एल्बममा समावेश गीत ‘यो मनमा सायद तिमी नभए’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक राजेश पायल राई र संगीतकार स्वयम निलमले गाएको गीतलाई दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.लीले सार्वजनिक गरेको हो ।Neelam Roju Rai And Rajesh Payal Rai Song Yo Maan ma Sayad Song Full HD
अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा निराजन र सुपी थापाले मोड्लिङ गरेका छन् । भिडियोलाई हरी हुमागाईले छायाकन गरेका हुन्, भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।
संगीतकार निलमको एल्बममा यो मनमा सायद, सुनसान रातको, आकाशमा उड्ने भए, आखैमा आउँछौ तिमी, पहाडी च्याङबालाई, यही धुनमा, यो मायामा, कान्छा ए कान्छा, सुनसान रातको बोलको गीतहरु समावेश गरिएको छ । त्यस्तै एल्बममा राजेश पायल राई, पदम राई, स्वरुपराज आचार्य, निलम रोजु राई, विजोय राई, भिम बुढाथोकी मगर लगायतको स्वर रहेको छ ।

प्रतिक्रिया