Bisal Chautari Logo

फेस अफ नेपाल २०२५मा छानिए चार विजेता

- ६ श्रावण २०८२, सोमबार २२:३३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण ५ सोमवार
  सौन्दर्य प्रतियोगीता फेस अफ नेपाल २०२५ का बिजेता छानिएका छन् । आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फिनाले गरेर चार बिजेतालाई छनोट गरेको हो । जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य रहेका छन् ।

चारैजना बिजेताहरुले कोरियामा आयोजना हुने फेस अफ एसियाका लागी नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन् । आउँदो अक्टोबरमा कोरिया जाने तालिका रहेको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन् । माझीले गतबर्ष जस्तै यसबर्ष पनि विजेताहरुले कोरियामा गएर नेपाललाई चिनाउने काम गरेर फर्केनेमा विश्वस्त छिन् । गतबर्षबाट फेस अफ नेपाल एमएस प्रोडक्सन नेपालले आयोजना गर्दै आएको छ । विजेताहरुले १५ लाख बराबरको बिभिन्न अवसरसँगै उपहार प्राप्त गरेका छन् ।

फिनालेमा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित भएकी थिइन् । साथै फिनालेमा जज्को रुपमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, चलचित्र निर्देशक सरोज पौडेल, ब्यवसायी मनिष कुमार खेम्का थिए । सेसेमी लिम्बुले होस्ट गरेको फेस अफ नेपालको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए । इभेन्ट म्यानेजरको रुपमा प्रज्ववल ताम्राकार र बजार ब्यवस्थापन नितु अग्रवाल खेम्काले गरेकी थिइन् । अफिसियल फोटो ग्राफर निशान्त सरकार र अनवेस देवकोटा हुन् ।

प्रतिक्रिया