Bisal Chautari Logo

स्व. फत्तेमानको ‘अपुरो मन’ सार्वजनिकमा नेपाली ढाका टोपी (फोटो फिचर सहित)

- ८ भाद्र २०७१, आईतवार १७:५४ मा प्रकाशित


fatteman rajbhandari albam aapuro man
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ८ आइतबार । स्वर्गीय गायक फत्तेमान राजभण्डरी हामीमाझ नभएपनि उहाको अन्तिम स्वरवद्ध गीतहरु संग्रहित एल्बम ‘अपुरो मन सार्वजनिक भएको छ । वरिष्ठ गायक फत्तेमानको निधनको एक वर्षपछि उनीद्धारा स्वरवद्ध गीति एल्बम ‘अपूरो मन’ सार्वजनिक भएको हो । आज आइतबार प्रज्ञा–प्रतिष्ठानमा भएको एक समारोहबीच ‘अपुरो मन’को बरिष्ठ कलाकार तथा नेपाल टेलिभिजनका महाप्रबन्ध नीर शाह, वरिष्ठ गीतकार रत्नशम्सेर थापा र गायक प्रेमध्वज प्रधानले संयुक्त रुपमा सार्वजनिक गरे । fatteman rajbhandari albam aapuro man
एल्बम विमोचनका अवसरमा बोल्ने सम्पुर्ण संगीतकर्मी तथा गायक गायिकाले स्वं राजभण्डारीको नेपाली साङ्गीतिक करियरको स्मरण गरे । नेपाली गीतसंगीत फाँटमा गायक राजभण्डारी खम्बाको रुपमा उभिएको कार्यक्रममा बोल्ने स्रष्ठाहरुले बताए । भने–‘सबै सफल भएका स्व. राजभण्डारीबाट नेपाली सांगीतिक क्षेत्रका हरेक कलाकारले पाठ सिक्नु आवश्यक रहेको छ ।’
कार्यक्रममा अतिथीहरु वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्राज्ञ शान्तिराम राई, चर्चित गायक राजेश पायल राई, आयोजक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष लगायतलाई नेपाली टोपीले सम्मान गरिएको थियो ।

[gss ids=”5096,5095,5100,5099,5098,5101,5102,5097,5093″]

पछिल्लो समयका ब्यस्त संगीतकारको रुपमा परिचित हरि लम्सालको सोलो संगीत रहेको ‘अपुरो मन’ एल्बममा एकल शब्द कृष्ण केसीको रहेको छ । विमोचित एल्बममा ‘के ल्यायौ र, बिस्तारै बोल, यता गल्ली उता गल्ली, तिरमा बसी र गोलो गोरो अनुहार बोलका पाँच गीत समावेश गरिएको छ । अनिल केसीद्धारा प्रस्तुत एल्बमलाई टुभेल्स नोट्सले श्रोतामाझ ल्याएको हो । एल्बम विमोचनको आयोजना संगीतकार संघ नेपालले गरेको थियो ।

fatteman rajbhandari and rajesh payal rai

प्रतिक्रिया