बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ २७ शुक्रवार । ‘जदौ’ फिल्ममा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले अर्का अब्बल अभिनेता बिनोद न्यौपानेलाई फिल्ममा भित्र्याएको छ ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने सामाजीक फिल्ममा यसअघि नै मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा अनुबन्धीत भइसकेका छ्न । जस्तोसुकै भूमिकामा पनि आफुलाई निकै अब्बलताका साथ प्रस्तुत गर्न सक्ने क्षमतायुक्त अभिनेता बिनोदले `जदौ´ को हिस्सा बन्न पाउदा प्रफुल्लता ब्यक्त गरेका छ्न ।
काजी लिम्बूको लेखन रहेको फिल्म `जदौ´ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार,प्राबिधीक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन । फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।
प्रतिक्रिया