Bisal Chautari Logo

`जदौ’ मा ऋचा शर्मा अनुबन्धित

- २६ असार २०८२, बिहीबार १५:५६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८२ आषाढ २६ बिहिवार।
‘जदौ’ फिल्ममा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले हालै अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ। फिल्ममा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन । केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।

काजी लिम्बूको लेखन रहेको फिल्म `जदौ´ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । फिल्ममा ऋचा अहिलेसम्मकै फरक चरित्रमा देखिने बताइन्छ ।

बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे क्रमश जानकारी गराइने बताएकी छिन् । 

प्रतिक्रिया